Headline

“भारत भन्दा पाकिस्तान बलियो टोली हो । यस पटक पनि विश्वकपमा पाकिस्तानले नै जित्ने छ”

Published

on

पाकिस्तान क्रिकेट टोलीका पूर्व तीब्र गतिका बलर शोएब अख्तरले ट्वान्टी ट्वान्टीमा भारत भन्दा पाकिस्तान बलियो टोली रहेको धारणा राखेका छन् ।

त्यस्तै अख्तरले आगामी अक्टोबर – नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपमा पनि भारतलाई पाकिस्तानले पराजित गर्ने अनुमान गरेका छन् । भारत र पाकिस्तान बीच विश्वकपको खेल अक्टोबर २३ तारिकमा मेलबर्न क्रिकेट मैदानमा खेलिने छ ।

आगामी विश्वकपमा कसले जित्ने छ त भन्ने प्रश्नमा अख्तरले गत संस्करणमा जस्तै पाकिस्तानले जित्ने बताए । “गत संस्करणको विश्वकपमा पाकिस्तानले भारतलाई पराजित गर्दै विश्वकपमा पहिलो पटक जित हात पारेको थियो। यस पटक पनि भारत माथि पाकिस्तानले जित हात पार्ने छ । ट्वान्टी ट्वान्टीमा पाकिस्तान भारत भन्दा धेरै नै बलियो छ,” अख्तरले भने ।

यस अघिका विश्वकपमा भारत विरुद्ध खेल्दा जहिले पनि पाकिस्तान दबाबमा रहने गरेको र अब देखि भारत नै दबाबमा रहने पनि अख्तर बताउँछन् ।

“भारतीय टोलीलाई भारतका मिडियाहरुले बढी नै दबाब दिने गर्दछन् । जसरी पाकिस्तानले अघिल्लो विश्वकपमा जित हात पार्यो त्यस हिसाबले पनि आगामी विश्वकप देखि भारतलाई मिडियाहरुले नै दबाब दिने पक्का छ । यसले गर्दा पनि भारत भन्दा पाकिस्तान माथि रहने छ ।”       

युएईमा सम्पन्न गत संस्करणको विश्वकपमा पाकिस्तानसँग पहिलो खेलमा र दोश्रो खेलमा न्युजिल्यान्डसँग पराजित हुँदा भारत पहिलो चरणबाट नै बाहिरिएको थियो ।   


 

Click to comment

Trending