Headline

नेमारको नेटफ्लिक्स डकुमेन्टरीको ‘टिजर’ एकै पटक लाइभ हेर्ने पाँच लाख भन्दा बढी

Published

on

ब्राजिलियन स्टार नेमार यो सिजन समाचारमा छाउन सकेका छैन । चोटग्रस्त नेमारले २०२१–२२ सिजनमा जम्मा १४ खेल खेलेका छन् । खेलेका खेलहरुमा पनि उनी मैदानमा छाउन सकेका छैनन् ।
तर नेमारको ख्याति भने कम भएको छैन ।

कोरोना भाइरसको आगमनसँगै मनोरेञ्जनमा क्रान्ति ल्याएको ‘ओटीटी (ओभर द टप)’ प्लेटफर्ममा सबैभन्दा ठूलो बजार आगटेको नेटफ्लिक्सले मँगलवारदेखि शुरु गर्न गइरहेको नेमारको डकुमेन्टरीको टिजर (छोटो प्रिभिउ) सोमबार प्रशारण गर्यो ।

उक्त टिजरलाई लाइभ हेर्ने दक्षिण अमेरिकी दर्शकको संख्याले नेटफ्लिक्सलाई अचम्ममा पार्यो । त्यसैले यो समाचार बन्यो ।

तीन भागमा बाँडिएको ‘नेमारः द पर्फेक्ट केओस’ को पहिलो श्रृृखलाको केही अंश ब्राजिलको स्ट्रिमिँग सेवा ट्विचले प्रशारण गर्दा एकै पटक ५ लाख ३० हजारले लाइभ हेरेका थिए । यो संख्याले ब्याड बोय को इमेज बनाएका नेमार मैदानमा सकृय नरहेपनि कति प्रख्यात रहेछन् भन्ने स्पष्ट पार्छ ।

आम ब्राजिलियनहरुमा उनको व्यक्तिगत जीवनलाई नजिकबाट नियाल्न खोज्ने कौतुहलता पनि उत्तिकै देखिन्छ ।

डकुमेन्टरीले नेमारको व्यक्तिगत जीवन, साओ पाओलो क्लब सान्टोसमा भविष्यका स्टारको रुपमा उनको उदय र युरोपियन महारथी बार्सिलोना र पेरिस सेन्ट जमाईनमा उनको सुपरस्टारडमको यात्रालाई देखाइएको छ ।
२९ बर्षिय नेमारलाई मैदान भित्र र बाहिर दुवै तिर एक बिवादास्पद छवि भएका खेलाडीको रुपमा लिइने गरेको छ ।

गत मे मा, बिश्व चर्चित खेलकुद सामग्री उत्पादक नाइकीले आफ्नो कर्मचारीसँग जबर्जस्ती गर्न खोजेको र अनुसन्धानमा मद्दत नगरेको भन्दै उनीसँगको कराडौं सम्झौता अन्त्य गरेको थियो । नेमारले नाइकीको आरोपलाई अस्विकार गर्दै आइरहेका छन् ।

कोरोना भाइरसको संक्रमण चरम बिन्दुमा पुग्दा उनले आफ्नो बँगलामा भब्य पार्टी गरेको रिपोर्टहरु बाहिर आएपछि नेमारलाई सानै देखि बिग्रिएको बच्चा भनिएको थियो ।

उक्त सिरिजले नेमारमाथि भएको एकपछि अर्को आलोचनालाई देखाइएको छ । यसलाई लिएर ब्राजिलियन फर्वार्डले भनेका छन्ः मेरो चाहिने भन्दा बढी आलोचना भएको छ र कहिले काही यसले गाह्रो हुन्छ । म आफूलाई पत्याउछु र यो मेरो लागि पर्याप्त छ ।

सिरिजमा नेमारका पिएजी टिम सदस्य लियोनल मेस्सी, किलियन एमबाप्पेलाई पनि स्क्रिनमा देखाइएको छ भने ब्राजिलकै थियागो सिल्भा, ड्यानी आल्भेस र इंगल्याण्ड स्टार डेभिड बेकह्याम लगायत बिश्व चर्चित फुटबल हस्तीहरुलाई पनि समावेश गरिएको छ ।

Click to comment

Trending