Headline

मरिससबिरुद्धको खेलका लागि दशरथ रँगशालामा एक तिहाई दर्शक

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र मरिससबीच जनवरी २९ र फेब्रुवरी १ मा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्णका लागि एक तिहाई दर्शकलाई दशरथ रँगशालामा प्रवेश अनुमति दिने भएको छ ।

कोरोना भाइरसको ओमिक्रन भेरिएन्टको संक्रमणमा व्यापक बृद्धि भएपनि एन्फाले रँगशालामा दर्शक अनुमति दिन गइरहेको हो । मरिसस टोली दुई खेलहरुका लागि सोमबार नेपाल आइसकेको छ ।

एन्फाले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप नै दर्शकहरुको रँगशालामा व्यवस्थापन गर्ने पनि बताएको छ । यस्तै दुई खेलका लागि टिकट दर पनि एन्फाले तय गरेको छ ।

भिआईपी प्याराफिटका लागि १ हजार र साधारण प्याराफिटको लागि ५ सय रुपैया तिर्नु पर्नेछ । दुवै खेल साँझ ४ः४५ मा हुनेछ ।

मैत्रीपूर्णका लागि नेपाल आएको मरिसस टोलीमा चार जनालाई कोरोना संक्रमण भएको छ । नेपाली टोली भने बन्द प्रशिक्षणमा रहेको छ ।

नेपालले गत बर्ष भारतसँग दुई मैत्रीपूर्ण खेले यता दशरथ रँगशालामा अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको पहिलो पटक हो । पुर्वी अफ्रिकी द्विप राष्ट्र मरिसस फिफा बरियतामा १ सय ७२ औं स्थानमा रहेको छ ।

Click to comment

Trending