Headline

थ्रि स्टारलाई पराजित गर्दै आर्मी आहा–रारा गोल्डकपको सेमिफाइनलमा

Published

on

थ्रि स्टार क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रँगशालामा सोझै क्वार्टर–फाइनलमा ड्र गरिएका दुई टोलीबीच सब्स्टिच्युट राजीव गुरुङको गोलले फरक पार्यो । पहिलो हाफमा दुवै टोलीबाट उल्लेखनीय मौकाहरु बन्न नसकेपछि खेल बराबरीमा रोक्किएको थियो ।

दोश्रो हाफमा थ्रि स्टारले केही राम्रो मुभहरु बनाएपनि आर्मीको लागि खतरा हुन सकेन । बक्स भित्र डोना थापाको प्रहारलाई युद्ध शाहीले सजिलै ब्लक गरिदिएका थिए ।

६२ औं मिनेटमा आर्मी खेलमा अग्रता लिन चुक्यो । जीवन गुरुङले टंक बस्नेतलाई लडाएपछि आर्मीले बक्सको बायाँतर्फ फ्रि–किक पायो । जर्ज प्रिन्स कार्कीको घुमाउरो फ्रि–किकले थ्रि स्टार गोलकिपर प्रिस्सोलाई बिट गरेपछि बारमा लागेर फर्कियो । तर यो मुभपछि आर्मी खेलमा हावी हुन थाल्यो ।

७० औं मिनेटमा राजीवले काउन्टर अट्याकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए । आर्मीले मात्र तीन टचमा गोल गरिदिएको थियो । थ्रि स्टारले आर्मीको मिडफिल्डमा बल गुमाएपछि पाएको बलमा जर्ज प्रिन्सको टचले अफ साइड ट्रयाप बिट गर्यो । राजीवले राम्रो रन बनाउदै निकै अगाडी बढेका प्रिस्सोलाई आरामले बिट गर्दै खाली पोस्ट गोल गरेका थिए ।

७८ औं मिनेटमा जर्ज प्रिन्सले अग्रता दोब्बर बनाउने मौका गुमाए । बक्स भित्र रहेका जर्ज प्रिन्सले बललाई राम्रो प्लेसिँग गर्न नसक्दा बाहिरिएको थियो । गोल खाए पछिको अत्याधिक समय आफ्नै हाफमा बिताएको थ्रि स्टार बराबरी गर्नका लागि राम्रो अवसर सृजना गर्न समेत असफल रह्यो ।

Click to comment

Trending