Headline

ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको लागि उच्च साझेदारी रनका आधारमा

Published

on

नयाँ ओपनिँग जोडी कुशल भुर्तेल र आसिफ शेख राष्ट्रिय टोलीमा जमेसँगै नेपाल क्रिकेटले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा केही राम्रा र बिशाल पार्टनरसिपहरु देख्न थालेको छ । तर नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारी भने पूर्व कप्तान पारस खड्काको नाममा रहेको छ ।

सिँगापुरमा जिम्बाब्वेपनि संलग्न ट्राइ नेसन सिरिजमा पारसले सिँगापुरबिरुद्ध नेपालको लागि पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक ठोक्ने क्रममा आरिफसँग हालसम्मकै सबैभन्दा ठूलो साझेदारी गरेका थिए ।

पारसले दोश्रो विकेटका लागि आरिफ शेखसँग मिलेर १ सय ४५ रनको साझेदारी गरेका थिए । यो साझेदारीको नजिक अहिलेसम्म कुनै पनि जोडी पुग्न सकेको छ । नेपालले अहिलेसम्म कुल चार शतकीय साझेदारी गरिसकेको छ ।

नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा अहिलेसम्मका ८ ठूला साझेदारीहरुको सुची यस्तो छः

रन  खेलाडी  विकेट  विरुद्ध
१४५* पारस खड्का र आरिफ शेख  दोश्रो  सिंगापुर 
११६  कुशल भुर्तेल र आसिफ शेख   पहिलो  नेदरल्यान्ड्स 
१०८  ज्ञानेन्द्र मल्ल र पारस खड्का  पहिलो  भुटान 
१०२  कुशल भुर्तेल र आसिफ शेख   पहिलो  मलेसिया 
८५  पारस खड्का र शरद भेषावाकर  चौथो  बंगलादेश 
८०  ज्ञानेन्द्र मल्ल र पारस खड्का  तेश्रो  हंगकंग 
८०  ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी  तेश्रो  भुटान 
६६  कुशल मल्ल र करण केसी  छैटौँ  मलेसिया 

Click to comment

Trending