Headline

लखनउले सार्वजनिक गर्यो आफ्नो फ्रेन्चाइजको नाम 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) टोली लखनउले आफ्नो नाम सार्वजनिक गरेको छ । संजिव गोयन्का समुहको लगानी रहेको लखनउले आफ्नो नाम लखनउ सुपर जायन्ट राखेको छ ।

सात हजार करोड ९० भारतीय रुपैयाँ खर्च गरेर किनेको गोयन्काले भारतीय क्रिकेट टोलीका उपकप्तान तथा ओपनर केएल राहुललाई आफ्नो कप्तान पनि नियुक्त गरेको छ । केही दिन अघि मात्र १७ करोड भारतीय रुपैयाँमा लखनउमा आबद्ध भएका राहुलले यस अघि प्रीति जिन्टाको लगानी रहेको किंग्स ११ पन्जाबको कप्तानी गरेका थिए ।

राहुल आईपीएलमा सबैभन्दा धेरै तलब खाने खेलाडी पनि बनेका छन् । यस अघि भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीले पनि रोयल च्यालेन्जर्स बेंगलोरबाट १७ करोड भारतीय रुपैयाँ तलब बुझ्ने गरेका थिए । सन् २०१८ को अक्सन अघि कोहलीलाई रिटेन गर्दा बेंगलोरले उक्त रकम खर्चिएको हो ।

सन् २०१६ र सन् २०१७ को सिजनमा जब चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सलाई दुई वर्षका लागि आईपीएलबाट निलम्बन गरियो त्यस समयमा गोयन्का समुहले राईजिङ्ग पुणे सुपर जयन्ट्स किनेका थिए ।

यस पटकको आईपीएलका लागि लखनउले अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिसलाई नौ दशमलब दुई करोड तथा युवा लेग स्पिनर रवि बिष्णोईलाई चार करोड भारतीय रुपैयाँमा आबद्द गरेको छ ।

यस पटकको आईपीएलको मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा आयोजना हुनेछ भने आईपीएल मार्च २७ तारिकबाट सुरु हुनेछ ।

Click to comment

Trending