Headline

फराकिलो जितसँगै मच्छिन्द्र आहा–रारा गोल्डकपको सेमिफाइनलमा

Published

on

आफ्ना अधिकांश खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा रहेपनि मच्छिन्द्र फुटबल क्लब आहा–रारा गोल्डकपमा फराकिलो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रँगशालामा सोमबार शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले आहा–रारा गोल्डकपको डिफेन्डिङ्ग च्याम्पियन संकटा क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो । मेसुके ओलमोउले दुई गोल गरेपछि संकटा पहिलो खेलबाटै बाहिरिन पुग्यो ।

मच्छिन्द्रका अधिकांश शुरुवाती ११ का खेलाडीहरु नेपालले मरिससबिरुद्ध खेल्ने दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रियका लागि राष्ट्रिय टोलीको क्याम्पमा रहेका छन् । तर यसले मच्छिन्द्रलाई यसले कुनै फरक परे ।

१३ औं मिनेटमा उत्सव राइले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । संकटाले डिफेन्स लाइनमा बल गुमाएपछि उत्सवले लामो दुरीबाट प्रहार गरेको लो शट गोलमा परिणत भएको थियो ।

दोश्रो हाफ शुरु भएको दोश्रो मिनेटमै मच्छिन्द्रले अग्रतालाई दोब्बर बनायो । आफ्नै डिफेन्सबाट आएको लामो पास कलेक्ट गर्दै अभिषेक रिजालले बक्समा निकालेको क्रसलाई संकटाको डिफेन्सले क्लियर गर्न नसकेपछि मेसुके ओलेमोउले आरामसँग गोल गरेका थिए ।

६३ औं मिनेटमा संकटा खेलमा फर्कियो । अमित तामाङको कर्नरबाट आएको बलमा निरज बस्नेतले हेडरबाट मिलाइदिएको बलमा गणेश हमालले हेडरमार्फत नै गोल गर्दा संकटाले पुनरागमन गरेको थियो ।

तर मच्छिन्द्रले ८४ औं मिनेटमा संकटाको थप पुनरागमनको ढोका बन्द गरिदियो । अमितले बक्स बाहिर रञ्जित धिमाललाई लडाएपछि मच्छिन्द्रले फ्रि–किक प्राप्त गर्यो । आमोलाजा करिमको सशक्त फ्रि–किकलाई डाइभ हान्दै संकटा गोलकिपर राजा बाबुले रोकेपनि रिबाउण्डमा अभिषेक गुरुङले गोल गरेका थिए ।

८६ औं मिनेटमा मेसुकेले दोश्रो गोल गर्दै मच्छिन्द्रको जितलाई थप फराकिलो बनाए ।

Click to comment

Trending