Headline

बिश्वकप छनोट तैयारीका लागि दुई भारतीय नेट बलर आउदा एक कोभिड आइसोलेसनमा

Published

on

ट्वान्टी ट्वान्टी बिश्वकप छनोटको तैयारीमा रहेको नेपाली टोलीको प्रशिक्षणका लागि नेपाल क्रिकेट संघले भारतबाट दुई नेट बलर बोलाएको छ । तर आउने बित्तिकै एक बलर भने कोरोना संक्रमणका कारण आइसोलेसनमा गएका छन् ।

नेपाली टोली फेब्रुवरी १८ देखि ओमानमा हुने बिश्वकप छनोटका लागि तैयारी गर्दै आएको छ । नेपाली टिममै यसअघि चार जनालाई कोरोना संक्रमण रहेको र अहिले एक जना कोरोना मुक्त भने भइसकेका छन् ।

क्यानले ट्रेनबाट दुई भारतीय बलरलाई नेपाल ल्याएको हो । कोरोना संक्रमण नभएका बलरले भने सोमबार त्रिवि मैदानमा नेपाली ब्याट्स्म्यानहरुबिरुद्ध बलिँग गरेका थिए । दुवै तिब्र गतिका बलर रहेका छन् ।

प्रशिक्षक पुबुदु दासानायकेको अनुरोधमा नै क्यानले दुई नेट बलरहरुलाई भित्र्याएको हो । दासानायके यसअघि प्रशिक्षक रहँदा पनि नेपालको तैयारीका लागि दुई श्रीलंकन बलरहरुलाई नेटमा बलिँग गर्नका लागि बोलाएका थिए ।

बिश्वकप छनोट अघि नेपालले ओमानमै चार देश सम्मिलित ट्वान्टी ट्वान्टी श्रृंखला खेल्न गइरहेको छ । श्रृंखलामा नेपालले ओमान, युएई र आयरल्याण्डको सामना गर्नेछ ।

बिश्वकप छनोटमा नेपालको समुहमा ओमान, फिलिपिन्स र क्यानडा रहेका छन् । समुहबाट शिर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् भने फाइनल पुग्ने दुवै टोली अष्ट्रेलियामा हुने बिश्वकपको लागि छनोट हुने छन् । अर्को समुहमा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी रहेका छन् ।

 

Click to comment

Trending