Headline

भमिकाको तस्विर नलिन र नछाप्न कोहली–अनुष्का जोडीको आग्रह

Published

on

दक्षिण अफ्रिकाबिरुद्ध आइतबारको रोमाञ्चक खेलमा भारत चार रनको सांघुरो अन्तरले हार व्यहोर्न पुग्दा धेरै थोक भयो । क्विन्टन डि ककले भारतबिरुद्धको १६ औं खेलमा आफ्नो छैटौं शतक प्रहार गर्दा दक्षिण अफ्रिकाले २ सय ८७ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो ।

लक्ष्य पछ्याउने क्रममा ओपनर शिखर धवन र बिराट कोहलीले शतकीय साझेदारी गर्दै भारतलाई खेलमा कायम राखे । तर दुवै ब्याट्म्यानलाई पेभिलियन फर्किएपछि भारत २ सय २३ रनमा सात विकेटको कमजोर अवस्थामा पुग्यो ।

दिपक चाहरले जस्प्रित बुम्राह्सँग ५५ रनको साझेदारी गरेपछि भारत जितनजिक पुग्यो । तर चाहरको विकेट पतनसँगै भारत चार बाँकी हुँदा अल आउट हुन पुग्यो । यसअघि नै सिरिज घरेलु टोलीलाई थमाइसकेपछि आइतबारको एकदिवसीय उत्कृष्ट मध्येको एक थियो ।

तर डि ककको शतक, कोहली–धवन पार्टनरसिप र चाहरको बहादुरीपूर्ण अर्धशतकलाई भने मैदान बाहिरको घटनाले पछि छाड्यो । त्यो थियो कोहलीको छोरी भमिकाको तस्विर ।

कोहलीले अर्धशतक पुरा गरेलगत्तै केपटाउनको न्युल्याण्ड्स स्टेडियममा रहेको क्यामेराले कोहलीकी पत्नी तथा बलिउड नायिका अनुष्का शर्माले भमिकालाई बोकी रहेको क्याप्चर गरेको थियो । क्यामेराले निकै बेर दुवैलाई देखाएको थियो ।

यसअघि सार्वजनिक स्थानमा नदेखिएकी भमिकालाई दक्षिण अफ्रिकामा देख्दा भारतीय सामाजिक सञ्जाल र मिडियालाई अरु के चाहियो र । केही बेरमै भमिका र अनुष्काको फोटो तथा भिडियो भाइरल बन्यो । कोहली र अनुष्काले भारतीय मिडियासामु आफ्नो छोरीलाई सार्वजनिक नगर्ने बताउदै आएका थिए ।

तर कोहली र अनुष्काको जोडीलाई भने आफ्नो छोरीको तस्विर भाइरल भएको मन भने परेन । दुवैले आफ्नो सामाजिक सञ्जालमा भमिकाको तस्विर नलिन र पब्लिस नगर्न आग्रह नै गरेका छन् ।

“क्यामेरा हामी माथि थियो भनेर हामीलाई थाहै थिएन । हामी एक पटक फेरि आग्रह गर्न चाहन्छौं । भमिकाको तस्विर लिने अथवा नछाप्ने हो भने हामी धेरै सराहना गर्दछौं,” दुवैले आ–आफ्नो सामाजिक सञ्जालको स्टोरी मार्फत लेखेका छन् ।

Click to comment

Trending