Headline

वेस्ट इन्डिजले अन्तिम २९ बलमा ७२ जोड्दा इंग्ल्यान्डको एक रनको रोमान्चक जित 

Published

on

अन्तिम ओभरमा अकिल हुसैनले २६ रन प्रहार गरे पनि इंग्ल्यान्डले वेस्ट इन्डिज विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक रनको रोमान्चक जित हात पारेको छ । जितसँगै पाँच खेलको शृंखला १-१ को अवस्थामा पुगेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १७१ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो । १७२ रनको लक्ष्य सहित ब्याटिङमा आएको वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।

१५ दशमलब एक ओभरमा ९८ रनको स्थितीमा आठ विकेट गुमाएर फराकिलो हारको संघारमा रहेको वेस्ट इन्डिजको लागि अकिल हुसैन र रोमारियो शेफर्डले २९ बलमा ७२ रनको साझेदारी गरे पनि जितका लागि पर्याप्त रहेन । वेस्ट इन्डिजका लागि अन्तिम ओभरमा जितका लागि ३० रन आवश्यक थियो । हुसैनले दुई चौका र तीन छक्का प्रहार गरे पनि इंग्ल्यान्डले एक रनको रोमान्चक जित हात पारेको हो ।

अविजित रहेका हुसैनशेफर्डले समान ४४-४४ रनको पारी खेले । हुसैनले १६ बलमा चार छक्का र तीन चौका प्रहार गरे भने शेफर्डले २८ बलमा एक चौका र पाँच छक्का हिर्काए ।

वेस्ट इन्डिजका अन्य ब्याटरहरुमा निकोलस पुरन २४, ड्यारेन ब्राभो २३, शे होप दुई, ब्रेन्डन किंग शुन्य, कप्तान कायरन पोलार्ड र जेसन होल्डर समान १-१ रनमा पेभेलियन फर्किए ।

इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए भने आदिल रशिदले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि इंग्ल्यान्डको तर्फबाट ओपनर जेसन रोयले सर्वाधिक ४५ रन जोड्दा मोईन अलीले पनि ३१ रन प्रहार गरे । त्यस बाहेक क्रिस जोर्डनले २७ तथा अर्का ओपनर टम बान्टनले २५ रनको योगदान दिए भने अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।    

Click to comment

Trending