Headline

नाइजेरियालाई स्तब्ध बनाउदै ट्युनिसिया क्वार्टर–फाइनलमा

Published

on

१० खेलाडीमा सिमिति नाइजेरियालाई स्तब्ध बनाउदै ट्युनिसिय अफ्रिका कप अफ नेसन्सको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

युसेफ एमसाक्नीले दोश्रो हाफको शुरुवातमै गरेको एक मात्र गोलको मद्दतमा ट्युनिसियाले नाइजेरियालाई १–० ले पराजित गर्यो । ६६ औं मिनेटमा एलेक्स इवोबीले रेड कार्ड पाएपछि नाइजेरियालाई प्रतिस्पर्धात्मक अन्तिम १६ को खेलमा थप कठिन हुन पुगेको थियो ।

भेटेरान एमसाक्नी आफ्नो सातौं अफ्रिका कप अफ नेसन्समा खेलिरहेका हुन् । क्यामरुन समुह चरणका सबै तीन वटा खेल जित्ने एक मात्र टोली रहेका कोरोनाले प्रभावित ट्युनिसयाबिरुद्ध भने दवाबमा खेल्न पुगेको थियो ।

२००४ को उपाधि बिजेता ट्युनिसियाले क्वार्टर–फाइनलमा बुर्किना फासोको सामना गर्नेछ । समुह चरणमा दुई खेलमा हार व्यहोरेको ट्युनिसिया तेश्रो स्थानमा रहने उत्कृष्ट चार मध्येको एक टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

उसले खेलका लागि प्रशिक्षक मोन्धेर केबाएरसँगै धेरै खेलाडीहरुलाई कोरोनाका कारण गुमाएको थियो ।

ट्युनिसियाले अब सेमिफाइनलमा स्थान बनाउनका लागि बुर्किना फासोको सामना गर्नेछ । बुर्किना फासोले ग्याबोनलाई सडेन डेथ ७–६ ले पराजित गर्यो । सिड्नी ओबिसालाई ५६ औं मिनेटमा रेड कार्डका कारण गुमाएपनि ग्याबोनले बुर्किना फासोलाई निर्धारित समयमा १–१ को बराबरीमा रोक्न सफल भएको थियो ।

सब्स्टिच्युट इस्माहिला आएद्राओगोले निर्णायक गोल गरेपछि सडेन डेथमा बुर्किना फासो बिजयी भएको थियो ।

Click to comment

Trending