Headline

सनसनीपूर्ण जित निकाल्दा दक्षिण अफ्रिकाको क्लिन स्विप 

Published

on

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका दिपक चाहरले आक्रामक पारी खेल्दै भारतलाई जित नजिक पुर्याए पनि तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा चार रनको सनसनीपूर्ण जित निकाल्दा दक्षिण अफ्रिकाले शृंखला माथि क्लिन स्विप गरेको छ ।

पहिलो एकदिवसीय खेलमा ३१ रनको जित दर्ता गराएको दक्षिण अफ्रिकाले दोश्रो खेलमा भारतलाई सात विकेटले पाखा लगाएको थियो । आजको जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्ष्यमा पारेको हो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले विकेट किपर तथा ओपनर क्विन्टन डि ककको शतकको मद्दतमा ४९ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २८७ रन बनायो भने पूर्व कप्तान विराट कोहली, शिखर धवन र चाहरको अर्धशतकको बाबजुद भारतले ४९ दशमलब दुई ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २८३ रन मात्र बनाउन सक्यो ।

२२३ रनमा सात विकेट गुमाएर फराकिलो हार तर्फ लम्केको भारतको लागि चाहरले जस्प्रित बुम्रासँग मिलेर आठौं विकेटका लागि ३० बलमा ५५ रनको साझेदारी गर्दै जितको आशा जगाए । तर ३४ बल खेल्दै पाँच चौका र दुई छक्का सहित ५४ रन बनाएका चाहर लुंगी एनगिदीको शिकार बन्दा भारतको ह्वाइटवासबाट बच्ने सपना पनि चकनाचुर हुन पुग्यो ।

भारतका कप्तान केएल राहुल नौ रनमा आउट भए पनि कोहली र धवनले दोश्रो विकेटका लागि ९८ रनको साझेदारी गर्दै भारतको पारी सम्हाले । धवन ६१ रन बनाएर आउट भए भने विकेट किपर ब्याटर ऋषभ पन्त गोल्डेन डकआउट हुन पुगे ।

भारतको लागि सर्वाधिक ६५ रन बनाएका विराट तथा श्रेयस ऐयर २६ र सुर्यकुमार यादव ३९ रनमा आउट हुँदा भारत फराकिलो हार नजिक पुगेको थियो ।

दक्षिण अफ्रिकाको जितमा लुंगी एनगिदीएन्डिले फेहुक्वायोले समान ३-३ तथा ड्वेन प्रिटोरियसले दुई विकेट हात पारे ।        

ओपनर यानेमन मलान एक, कप्तान तेम्बा बवुमा आठ र एडन मरक्रम १५ रनमा आउट हुँदा खराब सुरुवात गरेको दक्षिण अफ्रिकाको लागि डि ककले शतकीय पारी खेल्दै पारी सम्हाले । १३० बल खेल्दै १२ चौका र दुई छक्का सहित १२४ रनको पारी खेलेका डि ककले पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका रासी भान डर डुस्सेनसँग मिलेर चौथो विकेटका लागि १४४ रनको साझेदारी गरे ।

डुस्सेन ५९ बलमा ५२ रन बनाउँदै आउट  ।  त्यस्तै डेविड मिलरले ३९ तथा ड्वेन प्रिटोरियसले २० रन बनाए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

भारतका प्रशिद कृष्णाले सर्वाधिक तीन विकेट हात पार्दा दिपक चाहर र जस्प्रित बुम्राले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

@wesportz Watch full video on our YouTube. #viral #viralvideo #foryou #nepalicricket #bibekyadav ♬ original sound – Addicted to rash?❤️

 

Click to comment

Trending