Headline

डि ककको शतकमा भारतलाई विशाल लक्ष्य 

Published

on

ओपनर तथा विकेट किपर क्विन्टन डि ककले एकदिवसीयमा १७ औ शतक प्रहार गरे पछि घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तेश्रो तथा अन्तिम एकदिवसीय खेल जित्नका लागि २८८ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अन्तिम १६ बलमा चार विकेट गुमाउँदा ४९ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २८७ रन बनायो ।   

ओपनर यानेमन मलान एक, कप्तान तेम्बा बवुमा आठ र एडन मरक्रम १५ रनमा आउट हुँदा खराब सुरुवात गरेको दक्षिण अफ्रिकाको लागि डि ककले शतकीय पारी खेल्दै पारी सम्हाले । १३० बल खेल्दै १२ चौका र दुई छक्का सहित १२४ रनको पारी खेलेका डि ककले पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका रासी भान डर डुस्सेनसँग मिलेर चौथो विकेटका लागि १४४ रनको साझेदारी गरे ।

डुस्सेन ५९ बलमा ५२ रन बनाउँदै आउट  ।  त्यस्तै डेविड मिलरले ३९ तथा ड्वेन प्रिटोरियसले २० रन बनाए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

भारतका प्रशिद कृष्णाले सर्वाधिक तीन विकेट हात पार्दा दिपक चाहर र जस्प्रित बुम्राले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

तीन खेलको शृंखलामा दक्षिण २-० ले अघि रहेको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा दक्षिण अफ्रिकाले शृंखला माथि क्लिन स्विप गर्नेछ ।  

 

Click to comment

Trending