Headline

पुलिसलाई हराउदै मनाङ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

Published

on

ओलावाले ओलादिपो अफिज नेपाल पुलिसको खराब डिफेन्डिँगको फाइदा उठाउन सफल भएपछि मनाङ मस्र्याङ्गदी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रँगशालामा ओलावाले दुवै गोलमा संलग्न हँुदा मनाङ पुलिसलाई २–० ले हराउन सफल भयो । पुलिस हिमालयन शेर्पा क्लबलाई टाई ब्रेकरमा हराउदै क्वार्टर–फानल पुगेको हो भने मनाङ सोझै अन्तिम ८ का लागि ड्र भएको थियो ।

पहिलो हाफमा दुवै टोली गोल गर्न असफल भएपछि मनाङ दोश्रोमा हावी हुन पुग्यो । यसमा पुलिसको खराब प्रदर्शनले नै मनाङलाई सघाएको थियो ।

६४ औं मिनेटमा अजित भण्डारीले खराब डिफेन्डिङ्ग गर्दा मनाङले खेलमा अग्रता लियो । पुलिसको बक्समा रुपेश केसीले दवाब बनाउदा अजितले बललाई मनाङ फर्वार्ड ओलावालेलाई दिन पुगे । ओलावालेले रुपेशकै लागि बल निकाल्दा उनले भलिमार्फत सुन्दर गोल गरे ।

८३ औं मिनेटमा जुमानु राईले गोल गर्ने सुनौलो अवसर गुमाए । रवि पासवानको क्रसमा बक्स भित्र रहेका जुमानुलले आफैलाई असहज स्थिति पुर्याउन पुगेपछि अन्त्यमा फितलो प्रहार गर्दै अवसर खेल फालेका थिए ।

लगत्तै मनाङ्गले अग्रता दोब्बर बनाउने मौका गुमायो । ओलावालले तिब्र रन बनाउदै बक्स भित्र निकालेको क्रसमा अशोक थापा मगरले गरेको प्रहारलाई पुलिसका गोलकिपर सन्जिव श्रैष्ठले रोकेका थिए । तर ८८ औं मिनेटमा ओलावालेले मनाङको जित सुनिश्चित बनाए ।

यसपटक फेरि पुलिसको खराब प्रदर्शन यसको कारक बन्यो । ओलावालेले भालो सिलवाललाई मिडफिल्डमा डिसपोजेस गर्दै राम्रो ड्रिब्लिँगका साथ पुलिसको बक्स नजिक पुग्न सफल भए । अजित र भोलाको दवाबका बीच नियन्त्रण नगुमाएका ओलावालले गोलकिपर सन्जिव अगाडी बसेको अवस्थामा बक्स बाहिर बाटै गोल गरेका थिए ।

Click to comment

Trending