Headline

जेसन होल्डरले घातक बलिङ गर्दा इंग्ल्यान्डको लज्जास्पद हार 

Published

on

वेस्ट इन्डिजका तीब्र गतिका बलर जेसन होल्डरले घातक बलिङ गर्दा घरेलु टोली इंग्ल्यान्डले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नौ विकेटको लज्जास्पद हारको सामना गरेको छ । जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखलामा १-० को अग्रता पनि हात पारेको छ ।

खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १९ दशमलब चार ओभरमा १०३ रनमा रोक्यो भने १७ दशमलब एक ओभर खेल्दै एक विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

इंग्ल्यान्डलाई सानो स्कोरमा रोक्ने क्रममा होल्डरले तीन दशमलब चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित सात रन खर्चिएर चार विकेट हात पारे । होल्डर बाहेक महँगो साबित भए पनि शेल्डन कोट्रेलले चार ओभर ओभरमा ३० रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

वेस्ट इन्डिजको जितमा ब्याटिङमा ब्रेन्डन किंगले अविजित रहँदै सर्वाधिक ५२ रनको पारी खेले भने निकोलस पुरनले पनि अविजित रहँदै २७ रन बनाए । त्यस बाहेक शे होप २० रन बनाएर आउट भए ।

४९ रनको अवस्थामा सात विकेट गुमाएको इंग्ल्यान्डको लागि आठौं र नवौ नम्बरमा ब्याटिङ गर्न आएका क्रिस जोर्डन र आदिल रशिदले क्रमश २८ र २२ रन जोड्दै इंग्ल्यान्डलाई तीन अंकको योगफल सम्म पुर्याए । उनीहरु बाहेक कप्तान ओएन मोर्गनले १७ र जेम्स विन्सले १२ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्यान्डका ओपनरहरु जेसन रोय र टम बान्टन क्रमश ६ र चार, मोइन अली गोल्डेन डक आउट, साम बिलिंग्स र लियाम डसन समान २-२ रन बनाएर पेभेलियन फर्किए ।


 

Click to comment

Trending