Headline

आईपीएलका लागि आवेदन दिने १५ जना नेपाली खेलाडीहरु को को हुन् ?

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनको लागि आबेदन दिने १५ जना नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । आज बिहान मात्र भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले मेगा अक्सनका लागि १२ सय १४ खेलाडीले आवेदन दिँदा नेपालका १५ जना खेलाडीहरुले आवेदन दिएको जनाएको थियो ।

नेपालबाट आवेदन दिने खेलाडीहरुमा असिफ शेख, पवन सर्राफ, सन्दिप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा, बिनोद भण्डारी, शरद भेषावाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने रहेका छन् ।

एसोसिएट्स राष्ट्रबाट ४१ जनाले आवेदन दिँदा सबैभन्दा धेरै आवेदन नेपालबाट नै परेको छ भने नेपालले बंगलादेश, आयरल्याण्ड र जिम्बाब्वे जस्ता टेस्ट राष्ट्रलाई पनि पछि पारेको छ । नेपाल पछि एसोसिएट्स राष्ट्रबाट आवेदन दिनेमा अमेरिका रहेको छ । अमेरिकाबाट १४ खेलाडीले आवेदन दिएका छन् ।

यो पनि पढ्नु होस् – ७ बर्षपछि जितेन्द्र मुखियाले देखेको उज्यालो

आवेदन दिनेमा सबैभन्दा धेरै अष्ट्रेलियाका खेलाडीहरुले दिएका छन् । अष्ट्रेलियाका ५९ जनाले आवेदन दिँदा भुटान, नेदरल्यान्ड्स, स्कटल्याण्ड र युएईका समान १-१ जनाले आवेदन दिएका छन् ।

यस पटकको मेगा अक्सनबाट १० फ्रेन्चाइजहरुले कुल २१७ खेलाडीको छनोट गर्नेछन् जस मध्य ७० जना विदेशी खेलाडी समावेस हुनेछन् । प्रत्येक फ्रेन्चाइजले अधिकतम २५ खेलाडी आफ्नो टोलीमा राख्न पाउने छन् ।

नेपाली टोलीका नवनियुक्त कप्तान सन्दिप लामिछाने मात्र नेपालको तर्फबाट आईपीएल खेल्ने एक्ला खेलाडी हुन् । सन् २०१८ मा उनी तीन सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए भने अघिल्लो सिजनको लागि भएको मिनी अक्सनमा भने उनलाई कुनै पनि टोलीले आफ्नो टोलीमा समावेस गरेको थिएन ।

१५ औं सिजनको आईपीएलको अक्सन फेब्रुअरी १२ र १३ मा गरेर दुई दिन सम्म चल्ने छ ।

Click to comment

Trending