Headline

अमेरिकी टोलीलाई हराउदै एपिएफ सेमिफाइनलमा

Published

on

रवि थिँगले दुई गोल गरेपछि अमेरिकाबाट खेल्न आएको भुटानिज युथ सपोर्टर्स क्लब (बिवाईएससी) मिनेसोटामाथि पुनरागमन जित हात पार्दै नेपाल एपिएफ क्लब आहा–रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रँगशालामा पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेको खेलमा एपिएफले ३–१ को जित हात पार्यो । अग्रता भने पाहुना टोलीले थियो ।

४७ औं मिनेटमा राइली युरीको क्रस एपिएफको डिफेन्सले कुर्न नसक्दा पाएको फ्रि हेडरमा ठूलो कदका मेगल पालाफक्सले सहजै गोल गरेका थिए । पहिलो गोलपछि खेलमा नियन्त्रण जमाएको अमेरिकी टिमले अर्को अवसर गुमाएको थियो ।

यस पटक पहिलो गोलमा असिस्ट रहेको युरीको हेडर क्रसबारमा लागेर फर्किएको थियो । ६९ औं मिनेटमा एपिएफ पेनाल्टीमार्फत खेलमा फर्कियो ।

प्रदिप लामाको सशक्त प्रहार मिनेसोटाका गोलकिपर रोपछि आएको रिबाउण्डमा गोल गर्न अघि बढेका अर्माण्ड बिडौमलाई डिफेन्डर हेक्टर रिगरोफले लडाएपछि एपिएफले पेनाल्टी पाएको थियो । त्यसलाई आवसा लामिछानेले सहजै गोलमा परिणत गरे ।

आवासले प्रतियोगितामा लगातार दोश्रो खेलमा गोल गरेका हुन् ।

८४ औं मिनेटमा रवि थिँगले दोश्रो गोल गर्दै अमेरिकी टोलीलाई स्तब्ध बनाएका थिए । सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका थिँगले उत्कृष्ट फिनिसिँग गर्दै एपिएफको सेमिफाइनल सुनिश्चित गरेका थिए ।

इन्जुरी समयमा अमेरिकी टोलीको डिफेन्स फितलो हुँदा बल गुमाएपछि आफूले पाएको बलमा लामो दुरीको प्रहार गर्दैै रविले दोश्रो गोल गरेका थिए ।

Click to comment

Trending