Headline

आईपीएलको मेगा अक्सनमा १५ जना नेपाली खेलाडीहरु 

Published

on

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनको लागि १५ जना नेपाली खेलाडीहरुले आबेदन दिएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले आज सार्वजनिक गरे अनुसार मेगा अक्सनका लागि १२ सय १४ खेलाडीले आवेदन दिँदा नेपालका १५ जना खेलाडीहरुले आवेदन दिएका हुन् । बिसीसीआईले आवेदन दिने खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

एसोसिएट्स राष्ट्रबाट ४१ जनाले आवेदन दिँदा सबैभन्दा धेरै आवेदन नेपालबाट नै परेको छ भने नेपालले बंगलादेश, आयरल्याण्ड र जिम्बाब्वे जस्ता टेस्ट राष्ट्रलाई पनि पछि पारेको छ । नेपाल पछि एसोसिएट्स राष्ट्रबाट आवेदन दिनेमा अमेरिका रहेको छ । अमेरिकाबाट १४ खेलाडीले आवेदन दिएका छन् ।

यो पनि पढ्नु होस् ७ बर्षपछि जितेन्द्र मुखियाले देखेको उज्यालो

आवेदन दिनेमा सबैभन्दा धेरै अष्ट्रेलियाका खेलाडीहरुले दिएका छन् । अष्ट्रेलियाका ५९ जनाले आवेदन दिँदा भुटान, नेदरल्यान्ड्स, स्कटल्याण्ड र युएईका समान १-१ जनाले आवेदन दिएका छन् ।

यस पटकको मेगा अक्सनबाट १० फ्रेन्चाइजहरुले कुल २१७ खेलाडीको छनोट गर्नेछन् जस मध्य ७० जना विदेशी खेलाडी समावेस हुनेछन् । प्रत्येक फ्रेन्चाइजले अधिकतम २५ खेलाडी आफ्नो टोलीमा राख्न पाउने छन् ।

नेपाली टोलीका नवनियुक्त कप्तान सन्दिप लामिछाने मात्र नेपालको तर्फबाट आईपीएल खेल्ने एक्ला खेलाडी हुन् । सन् २०१८ मा उनी तीन सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए भने अघिल्लो सिजनको लागि भएको मिनी अक्सनमा भने उनलाई कुनै पनि टोलीले आफ्नो टोलीमा समावेस गरेको थिएन ।

१५ औं सिजनको आईपीएलको अक्सन फेब्रुअरी १२ र १३ मा गरेर दुई दिन सम्म चल्ने छ ।

Click to comment

Trending