Headline

चार देशीय शृंखलाको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप छनोट अघि ओमानमा आयोजना हुने चार देशीय ट्वान्टी ट्वान्टी शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानको सामना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघले आज सार्वजनिक गरको खेल तालिका अनुसार फेब्रुअरी नौ देखि १४ सम्म हुने शृंखलाको पहिलो खेल नेपालले ११ तारिकमा ओमानसँग खेल्ने छ भने १२ तारिकमा युएईको सामना गर्नेछ । एक दिनको बिश्राम पछि नेपालले तेश्रो तथा अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्नेछ ।

ओमान क्रिकेट बोर्डले ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारीको लागि यस प्रतियोगिता आयोजना गर्न लागेको हो । विश्वकप छनोट र चार देशीय शृंखलाका लागि नेपाली टोली फेब्रुअरी नौ तारिकमा ओमानका लागि उड्ने छ ।

यो पनि पढ्नु होस्

आईपीएलको मेगा अक्सनमा १५ जना नेपाली खेलाडीहरु 

७ बर्षपछि जितेन्द्र मुखियाले देखेको उज्यालो

विश्वकप छनोट र चार देशीय शृंखलाका लागि नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले १६ सदस्यिय टोलीको नाम पनि सार्वजनिक गरिसकेका छन् । युवा ब्याटर लोकेश बम र विवेक यादवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा तीब्र गतिका बलर जितेन्द्र मुखियाले सात वर्ष पछि तथा प्रदिप ऐरी र शरद भेषावाकरले तीन वर्ष पछि टोलीमा फर्कन सकेका छन् ।

नेपाली टोली : – सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी,शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम

 

Click to comment

Trending