Headline

‘बिबेक टिममा डिमान्ड भए अनुसारको अलराउण्डर हुन्’

Published

on

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले ओमानमा हुने ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा स्थान बनाउन सफल अण्डर–१९ क्रिकेट बिबेक यादवले टिममा डिमान्ड भए अनुसारको अलराउण्डर रहेको बताएका छन् ।

पछिल्लो एक बर्ष देखि आशा लाग्दो युवा प्रतिभाको रुपमा नेपाली क्रिकेटमा उदाइरहेका बिबेक बिभिन्न प्रतियोगिताहरुमा दिदै आएको राम्रो प्रदर्शनका कारण राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । बिशेष गरि मिडल अर्डरमा ब्याटिँगबाट प्रभाव पारेका बिबेक बलिँगमा औषत रहेपनि दासानायकेले उनलाई युटिलिटी अलराउण्डरको रुपमा हेरेका छन् ।

नेपालले फेब्रुवरी १८ देखि बिश्वकप छनोट खेल्नु अघि ओमानमा चार राष्ट्र सम्मिलित ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न गइरहेको छ । तीन लिग खेल हुने भएका कारण दासानायकेलेलाई टिममा स्थान बनाउन सफल दुई युवा क्रिकेटर बिबेक र लोकेश बमसँगै पुनरागमन गरेका प्रदिप ऐरि, शरद भेषावकर र जितेन्द्र मुखियालाई पनि प्रयोग गर्ने अवसर मिल्नेछ ।

पुनरागमन गरेका खेलाडीहरुबारे अभ्यस्त रहिसकेका कारण दासानायकेले लोकेश र बिबेकको प्रदर्शनतर्फ भने बिशेष ध्यान दिनेछन् । दासानायके बिबेक सफल हुन सक्नेमा आशावादी रहेका छन् ।

“उनी निकै राम्रो युवा प्रतिभा हुन् । मलाई लाग्छ उनको अण्डर १९ टोलीबाट पनि प्रदर्शन राम्रै थियो । मैले उनको ब्याटिँग एभरेष्ट प्रिमियर लिगका दौरान पनि राम्रोसँग नियालेको थिए,” सेप्टेम्बर र अक्टोबरमा भएको इपिएलमा भैरहवा ग्लेडिएटर्स सम्हालेका दासानायकेले भने ।

यो पनि पढ्नु होस्

आईपीएलको मेगा अक्सनमा १५ जना नेपाली खेलाडीहरु 

७ बर्षपछि जितेन्द्र मुखियाले देखेको उज्यालो

अघिल्लो बर्षको प्रधानमन्त्री कप एकदिवसीयमा प्रदेश २ को लागि राम्रो प्रदर्शन गरेका बिबेकले इपिएलमा पोखरा राइनोजका लागि खेल्दै प्रभावशाली प्रदर्शन गरेका थिए । चार खेलमा ब्याटिँग गर्न पाएका उनले चितवन टाइगर्सबिरुद्ध फाइनलमा मात्र असफल हुँदा चार रन बनाएका थिए ।

त्यसबाहेक उनले ५१, ४१ नटआउट र १६ रनको तीन छरितो इनिङ्गस खेलेका थिए । अण्डर १९ एसिया कपमा अन्तिम खेलमा कुवेतबिरुद्ध असफल बिबेकले बलियो टोली श्रीलंकाबिरुद्ध ४४ र बंगलादेशबिरुद्ध २६ रन बनाएका थिए । दुवै अवसरमा उनले राम्रा साझेदारीहरु गर्दै नेपाललाई सम्मानजनक योगफल तर्फ डोर्याएका थिए ।

“बिबेक मिडल अर्डरमा ब्याटिँग गर्दै ठूला शटहरु त खेल्न सक्षम छन् नै, हामीले उनलाई टिममा समावेश गरेको कारण उनी बलिँगबाट पनि योगदान दिन सक्छ । उनको खेलको प्रकृती त्यही हो जुन आरिफ शेखको छ,” दासानायके भन्छन् ।

Click to comment

Trending