Headline

पन्त र राहुलको अर्धशतकमा भारतको चुनौतिपूर्ण योगफल 

Published

on

विकेट किपर ऋषभ पन्त र केएल राहुलले अर्धशतक प्रहार गरे पछि भारतले दोश्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८८ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा २८७ रन बनायो ।

भारतको तर्फबाट पन्तले ७२ बलको सामना गर्दै १० चौका र दुई छक्का सहित सर्वाधिक ८५ रन बनाए भने कप्तान राहुलले संयमित भएर ब्याटिङ गर्दै ७९ बलमा चार चौका सहित ५५ रनको पारी खेले ।

अर्का ओपनर शिखर धवन २९ तथा विराट कोहली शुन्य रनमा आउट हुँदा राम्रो सुरुवात गर्न नसकेको भारतको लागि पन्त र राहुलले तेश्रो विकेटको लागि ११५ रनको साझेदारी गर्दै पारी सम्हाले ।
श्रेयस ऐयर ११ र भेन्कटेश ऐयर २२ रनमा आउट भए पनि शार्दुल ठाकुर र रविचन्द्रन अश्विनले अविजित रहँदै क्रमश ४० र २५ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका तबरिज शाम्सीले सर्वाधिक दुई विकेट हात पारे ।

Click to comment

Trending