Headline

आहा–रारा गोल्डकपः सब्स्टिच्युट गोलकिपर रोशन चम्किएपछि पुलिस क्वार्टर–फाइनलमा

Published

on

सडेन डेथमा सब्स्टिच्युट गोलकिपर रोशन खड्का चम्किएपछि नेपाल पुलिस क्लब हिमालयन शेर्पा क्लब आहा–रारा गोल्डकपको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रँगशालामा दुवै टोलीले निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा गोल हुन सकेन । टाई ब्रेकरका लागि प्रशिक्षक अनन्त थापाको गोलकिपर परिवर्तन गर्ने निर्णय सही साबित हुँदा पुलिस बिजयी भयो ।

टाई ब्रेकरमा दुवै टोलीले आफ्नो चार–चार प्रहारमा गोल गरेका थिए । सडेन डेथमा पुलिसका राम वाजेको प्रहार गोलमा परिणत भएपछि पूर्ण बहादुरको प्रहारलाई रोशनले बचाइदिएका थिए ।

यसअघि ६ पटकको बिजेता पुलिसलाई शेर्पाले राम्रो टक्कार दिएको थियो । पहिलो हाफमा दुवै तर्फबाट गोल नुहँदा गोलकिपर किशोर गिरीले शेर्पालाई २९ औं मिनेटमा गोल खानबाट बचाएका थिए ।

किशोरले राम वाजे र निर कुमार राईको लगालग प्रहारलाई उत्कृष्ट ढँगले बचाएका थिए ।

दोश्रो हाफको शुरुवातमै पुलिसले अग्रता लियो । पुलिसको डिफेन्सबाट आएको बलमा शेर्पाका दुई डिफेन्डर बल क्लियर गर्न असफल भएपछि तिर्थ राना मगरले बललाई बक्सभित्र निकाल्दा ओपन मौकाको सदुपयोग गर्दै निरले किशोरलाई वान भर्सेस वान स्थितिमा बिट गर्दै गोल गरेका थिए ।

त्यसघि किशोरले रवि पासवानको प्रहारलाई भने उत्कृष्ट ढँगले बचाउन सफल भएका थिए । ५९ औं मिनेटमा शेर्पाले बराबरी गर्यो । पुलिसको डिफेन्सबाट बल क्लियर हुन नसकेपछि आएको रिबाउण्डमा बिश्वासले कर्लिंग शट प्रहार गर्दै गोल गरेका थिए ।

पुलिसका गोलकिपर सन्जिव श्रेष्ठले डाइभ गर्दै बललाई छोएपनि जाली चुमेको थियो । लगत्तै शेर्पाले खेलमा अग्रता लिने अवसर गुमायो । मुटाम्बा पिस्टोनीको लामो पास कलेक्ट गर्दै बक्समा पुगेको उल्रिच सिवेको प्रहारलाई सन्जिवले यसपटक नजिकैबाट बचाएका थिए ।

अन्तिम समयमा मैदान प्रवेश गरेको रोशन खेलको म्यान अफ द म्याच भए ।

Click to comment

Trending