Headline

भारतलाई पछार्दै शृंखला जित्ने दाउमा दक्षिण अफ्रिका 

Published

on

शृंखला माथि कब्जा जमाउने लक्ष्य सहित घरेलु टोली दक्षिण अफ्रिकाले दोश्रो एकदिवसीय खेलमा आज भारत विरुद्ध खेल्दै छ । पर्लमा हुने खेल नेपाली समय अनुसार दिउँसो २;१५ बजे सुरु हुनेछ ।   

तीन खेलको शृंखलामा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ । त्यसैले आजको खेलमा जित निकाल्दै दक्षिण अफ्रिका एक खेल अगावै शृंखला माथि कब्जा जमाउने दाउमा रहेको छ । पहिलो खेलमा ३१ रनको हारको सामना गरेको भारत भने आजको खेलमा जित निकाल्दै शृंखलालाई जीवितै राख्न चाहन्छ ।

दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा जित निकालेको भारत त्यस पछिका दुई टेस्ट र एक एकदिवसीयमा पराजित हुन पुगेको थियो । भारत हारको पूर्णविराम गराउँदै एकदिवसीय शृंखलामा पहिलो जित हात पार्न चाहन्छ ।

यस अघि सम्पन्न पहिलो खेलमा भारत विरुद्ध रासी भान डर डुसेन र कप्तान टेम्बा बभुमाले शतक प्रहार गर्दै विशाल साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा मात्र चार विकेटको क्षतिमा २ सय ९६ रनको विशाल योगफल खडा गर्यो ।

पूर्व कप्तान बिराट कोहली र टिममा फर्किएका शिखर धवनले भारतलाई खेलमै राखेपनि मिडल अर्डरले योगदान दिन नसक्दा भारतले ८ विकेटको क्षतिमा २ सय ६५ रन मात्र बनाउन सक्यो । ८४ बलमा ७९ रन बनाएका धवनलाई केशव महाराजले बोल्ड गरेका थिए भने कोहली ५१ रनमा तब्रेज शाम्सीको शिकार बनेका थिए । 

कोहली र धवनले दोश्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै भारतलाई राम्रो अवस्थामा पुर्याएका थिए । तर उनीहरुको विकेटको पतन पछि मिडल अर्डर चल्न नसकेपछि दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीयमा भारत ३१ रनले पराजित भएको छ ।  

Click to comment

Trending