Headline

बार्सिलोनाको ब्ल्याकमेलमा घुँडा टेक्दिनः औस्माने डेम्बेले

Published

on

क्लबका निर्देशक माटेउ एलेमेनीले जनवरीको अन्त्यमा क्लब छोड्नै पर्ने बताएपछि फ्रेञ्च विँगर औस्माने डेम्बेलेले आफू बार्सिलोनाको ब्ल्याकमेल सामु घुँडा नटेक्ने भन्दै जवाफ फर्काएका छन् ।

यसै समरमा डेम्बेलेको बार्सासँगको सम्झौता सक्किदै गर्दा खेलाडी र क्लबबीचको नयाँ सम्झौताको लागि भएको छलफल पनि असफल भएको थियो । एलेमेनीले बिहिबार बिहान डेम्बेले क्लबमा बस्न इच्छुक नरहेको स्पष्ट भएको र अब जनवरी ३१ अघि ट्रान्सफर हुनेमा आशावादी रहेको बताएका थिए ।

२०१७ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट १ सय ५८ दशमलव ९ मिलियन डलरमा बार्सिलोना आएका डेम्बेलेलेलाई प्रशिक्षक जाभी हर्नान्डेजले बिहिबार एथ्लेटिक बिल्बाओबिरुद्धको खेलका लागि टिममै राखेका थिएनन् ।

“आजबाट सबै समाप्त हुन गइरहेको छ । कुनै पनि ब्ल्याकमेलसामु घुँडा नटेक्दै म इमान्दारिताका साथ जवाफ दिन गइरहेको छु । बार्सिलोनाको प्रोजेक्ट प्रति म कटिबद्ध रहेको नसोच्न म चेतावनी दिन्छु,” डेम्बेलेले आफुलाई लिएर चलिरहेको हल्लाहरुलाई लिएर आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

क्लबसँग अझै पनि सम्झौताको लागि वार्ता हुने हिन्ट दिएपनि डेम्बेलेले आफु भने क्लबमा बस्न चाहेको बिषयमा कुरै उठाएका थिएनन् । “नेगोसिएसन हुने बिषयमा सबैलाई थाहै छ । म यो कुरा आफ्नो एजेन्टलाई छोड्छु । मेरो एरिया भनेको फुटबलर र मैदान मात्रै हो । म त्यसैमा केन्द्रित छु,” उनले भने ।

बार्सा डेम्बेलेलाई सित्तैमा जान दिन चाहिरहेको छैन । एक बिलियन युरोभन्दा बढी ऋण रहेको बार्सिलोना २४ बर्षिय डेम्बेलेलाई अहिलेको ट्रान्सफर विन्डोमा बेच्दै राम्रो रकम बटुल्ने आशामा रहेको छ । “औसमाने र उनको एजेन्टसँग हामीले कुरा गर्न थालेको ६ महिना भन्दा बढी भइसकेको छ । हामीले बिभिन्न अफरहरु पनि दिइसकेको हो,” एलेमेनीले भने ।

केही बर्षयता निरन्तर चोटग्रस्त हुँदै आएका डेम्बेले क्याम्प नोउमा सोचे बिपरितको खेलाडी भएका छन् । क्लबको ऋण चुक्ता गर्न धेरै खेलाडी गुमाएको बार्सा डेम्बेलेलाई राख्न भने चाहन्छ । चोटकै कारण उनको प्रदर्शन निराशाजनक रहे पनि डेम्बेले बार्सिलोनाको सबैभन्दा प्रतिभावान खेलाडी पर्ने गरेका छन् ।

Click to comment

Trending