Headline

ट्वान्टी ट्वान्टी बिश्वकपः पहिलो खेलमा गत संस्करणका दुई फाइनलिस्ट भिड्ने

Published

on

अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने ट्वान्टी ट्वान्टी बिश्वकपको सुपर १२ को पहिलो खेलमा गत संस्करणका दुई फाइनलिस्ट अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने भएका छन् ।

अष्ट्रेलियाले दुबईमा गत बर्ष भारतले आयोजना गरेको ट्वान्टी ट्वान्टी बिश्वकपको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । अष्ट्रेलियाले पहिलो पटक क्रिकेटको सबैभन्दा छोटो संस्करणको बिश्वकप आयोजना गर्न गइरहेको हो ।

पहिलो चरण अक्टोबर २१ मा सक्किएको भोली पल्टै प्रतियोगिताको दोश्रो चरण शुरु हुनेछ जसमा अष्ट्रेलिया र न्युजिल्याण्ड सिड्नी क्रिकेट ग्राउण्डमा भिड्ने भएका हुन् ।

अक्टोबर २३ मा बिश्व क्रिकेटका दुई चीर प्रतिद्वन्दी भारत र पाकिस्तान मेलबर्न क्रिकेट ग्राउण्डमा खेल्नेछन् । गत बर्ष पाकिस्तानले भारतलाई १० विकेटको लज्जास्पद हार चखाएको थियो ।

पहिलो चरणको समुह ए मा श्रीलंका, नामिबिया र ग्लोबल छनोटबाट आउने दुई टिम रहेका छन् । समुह बी मा वेष्ट इण्डिज, स्कटल्याण्ड र दुई छनोट भएका टिम रहने छन् । पहिलो चरणका सबै टिम गत बर्षको बिश्वकपमा गरेको प्रदर्शनका आधारमा साझै स्थान बनाउन सफल भएका हुन् ।

नेपालले आफ्नो समुहको ग्लोबल छनोट फ्रेब्रुवरी १८ देखि ओमानमा खेल्नेछ । बिश्वकपको पहिलो चरणमा दुवै समुहका शिर्ष दुई सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर १२ को समुह १ मा अष्ट्रेलिया, अफगानिस्तान, इंगल्याण्ड, न्युजिल्याण्डसँगै पहिलो चरणको समुह ए बिजतो र समुह बी उपबिजेता रहने छन् । यस्तै समुह २ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, समुह बी बिजेता र समुह ए उपबिजेता रहने छन् ।

२०२० को ट्वान्टी ट्वान्टी बिश्वकप कोरोना भाइरस संक्रमणका कारण हुन नसकेपछि २०२२ का लागि सारिएको हो । अष्ट्रेलियाले ७ रँगशालामा बिश्वकपका खेलहरु आयोजना गर्ने छ ।

Click to comment

Trending