Headline

आहा–रारा गोल्डकपः पहिलो खेलबाटै आयोजक सहारा बाहिरियो

Published

on

२० औं संकरणको आहा–रारा गोल्डकपमा आयोजक सहारा क्लब पोखरा पहिलो खेलबाटै बाहिरिएको छ । पोखरा रँगशालामा भएको खेलमा सहारा नेपाल एपिएफ क्लबसँग २–० ले पराजित भयो ।

ए डिभिजन लिगको नवप्रवेशी क्लब सातदोबाटो युवा क्लबका कप्तान मानबहादुर तामाङ सहित पाँच खेलाडी लिएर खेलेको सहारा खेलमा फितलो देखियो । लगभग पुरै समय एपिएफ खेलमा हावी भएको थियो । पहिलो हाफमा आवास लामिछानेले गोल गर्दै अग्रता लिएको एपिएफका लागि दोश्रो हाफमा प्रदिप लामाले गोल गरेका थिए ।

नयाँ खेलाडीहरुले लिएर खेलेको सहाराको टोलीमा टिम संयोगजनको अभाव स्पष्ट देखिएको थियो । यसै कारण पनि सहाराको आक्रमण संगठित हुन सकेन ।

१९ औं मिनेटमै एपिएफले खेलमा अग्रता लिएको थियो । आवासले पर्फेक्ट टिम वर्कमा गोल गर्दै घरेलु टोलीलाई पछि पारेका थिए । ६० औं मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो । रवि थिंगहले बक्समा निकालेको पासलाई तीन सहारा डिफेन्डरको उपस्थितिमा पनि बल ड्रिबल गरेर नियन्त्रणमा लिदै प्रदिपले गोल गरेका थिए ।

एपिएफले यसबाहेक पनि निरन्तर सहाराको पोस्टमा दवाब बनाएपनि गोल थप्न भने असफल रह्यो । खेलमा केही राम्रा मुभहरु बनाए पनि सहारा एपिएफको लागि खतरा बन्न सकेन ।

Click to comment

Trending