Headline

अफ्रिका कप अफ नेसन्सः इजिप्ट समुह उपबिजेताको रुपमा नकआउट चरणमा

Published

on

७ पटकको च्याम्पियन इजिप्ट आफ्नो समुहमा उपबिजेता बन्दै अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।

आफ्नो अन्तिम लिग खेलमा छिमेकी सुडानलाई १–० ले पराजित गर्दै इजिप्ट प्रतियोगितामा निराशाजनक शुरुवात पनि प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इजिप्टको जितसँगै केप भर्डे र मलावी पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।

गिनी बिसौंलाई २–० ले पराजित गर्दै नाइजेरिया समुह डी का सबै खेलमा जित हात पार्दै समुह बिजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । नाइजेरियाको जितपछि इजिप्टले समुह इ को बिजेता, सम्भवत आइभोरी कोस्ट, को सामना गर्नेछ ।

राजधानी याउन्डेमा भएको खेलमा मोहमद अब्देलमोनमले पहिलो हाफ सकिनु १० मिनेट अघि कर्नरमा आएको बलमा गोल गर्दै सुडानलाई पहिलो चरणबाटै नकआउट गरेका थिए ।

इजिप्टको जितले केप भर्डे र मलावी उत्कृष्ट चार मध्ये दुई तेश्रो स्थानको टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । मलावी इतिहासमै पहिलो पटक अफ्रिका कप अफ नेसन्सको दोश्रो चरणमा स्थान बनाउन सफल भएको हो ।

तीन पटकको बिजेता नाइजेरियाले आफ्नो लगातार तेश्रो जितका लागि दोश्रो हाफसम्म कुर्नु पर्यो । उमर सादिक र कप्तान विलियम ट्रोस्ट–इकोँगले नाइजेरियाका लागि गोल गरेका थिए । नाइजेरियाले आइतबार नकआउट चरणमा तेश्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

जनवरी २५ मा केप भर्डेले सादियो मानेको सेनेगलको सामना गर्नेछ । त्यही दिन मोरक्कोले मलावीबिरुद्ध खेल्नेछ ।

Click to comment

Trending