Headline

कतार बिश्वकपको टिकट मुल्य घट्यो, आप्रवासी कामदारले ११ डलरमै हेर्न पाउने

Published

on

कतारले नोभेम्बर २१ देखि शुरु हुन गइरहेको बिश्वकपको टिकट मुल्य बुधबार घटाएर सार्वजनिक गर्दा स्थानीय र आप्रवासी कामदारहरुलाई ११ डलरमै हेर्ने व्यवस्था मिलाएको छ ।

कोरोना भाइरसको संक्रमण कायमै रहेको स्थितिमा आयोजक राष्ट्रले कति संख्यामा दर्शकलाई मैदानमा प्रवेश दिने निर्णय गरि नसक्दा पहिलो पटक अरब राष्ट्रमा हुने टिकटको मुल्य भने घटाएको हो । पहिलो पटक जाडो महिनामा हुन गइरहेको बिश्वकप डिसेम्बर १८ सम्म चल्नेछ ।

बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले ड्र गर्दा अन्तर्राष्ट्रिय समर्थकहरुका लागि टिकटको सबैभन्दा कम मुल्य ६९ डलर रहेको छ । यो रुस बिश्वकप भन्दा तीन गुणा कम हो । तर फाइनलको टिकट मुल्य भने सबैभन्दा महँगोमा १६०७ डलरसम्म पर्न सक्छ ।

प्रत्येक खेल अथवा कुनै टिम अथवा बिशेष टिकटको प्याकेजका लागि समर्थकहरुले अहिले नै आवेदन दिने हो भने फेब्रुवरी ८ को पहिलो समयसिमापछि नै ड्र मा जान सक्ने छन् ।

कतारले बिश्वकपका लागि ७ नयाँ स्टेडियमको निर्माण गरेको छ भने एक स्टेडियमको पुनःनिर्माण गरेको हो । मध्य पुर्वको सबैभन्दा सानो देश मध्ये पर्ने कतारमा पर्याप्त होटलहरु नरहेका कारण समर्थकहरु क्रुज सिपमा पनि बस्नु पर्ने हुन सक्छ ।

कतार बिश्वकपका लागि आयोजक राष्ट्रले १२ लाख पर्यटकहरु भित्रने प्रक्षेपण गरेको छ । हाल कोभिडको ओमिक्रन भेरिएन्टले थुप्रै देशहरु प्रभावित रहेका कारण कतारले देश भित्रनेहरुका लागि क्वारेन्टिनका लागि निकै कडा नियमहरु राखेको छ ।

Click to comment

Trending