Headline

आईसीसीको बर्षको टोलीमा पाकिस्तानी खेलाडीहरुको बाहुल्यता रहँदा भारत शुन्य

Published

on

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ट्वान्टी ट्वान्टी वर्ष खेलाडीको नाम सार्वजनिक गर्दा पाकिस्तानका खेलाडीहरुको बाहुल्य रहँदा भारतीय खेलाडीको संख्या भने शून्य रहेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको टोलीमा पाकिस्तान क्रिकेट टोलीका कप्तान कप्तान बाबर आजम, विकेट किपर तथा ओपनर मोहम्मद रिजवान र तीब्र गतिका बलर शाहिन शाह अफ्रिदी पनि रहेका छन् । टोलीको कप्तान बाबर रहेका छन् ।

बाबरले पाकिस्तानको लागि २९ खेल खेल्दै ३७ दशमलब ५६ को औसतमा ९३९ रन बनाएका थिए भने उनका ओपनिङ पार्टनर रिजवानले २९ खेलमा नै १३ सय २६ रन बनाएका थिए । टोलीको विकेट किपर पनि घोषित रिजवानको औसत ७३ दशमलब ६६ रहेको थियो ।    

गत वर्ष गरेको प्रदर्शनका आधारमा छनोट भएको टोलीमा दक्षिण अफ्रिकाका तीन, अष्ट्रेलियाका दुई तथा इंग्ल्यान्ड, श्रीलंका र बंगलादेशका १-१ खेलाडी रहेका छन् । यस टोलीमा भारतसँगै अफगानिस्तान र वेस्ट इन्डिज जस्ता टोलीका पनि कुनै खेलाडीले स्थान बनाउन सकेनन् ।

इंग्ल्यान्डका जस बत्लरले १४ खेलमा ५८९, दक्षिण अफ्रिकाका एडेन मार्क्रमले १८ खेलमा ५७०, अष्ट्रेलियाका मिचेल मार्शले २१ खेलमा ६२७ तथा दक्षिण अफ्रिकाका डेविड मिलरले १७ खेलमा ४७ दशमलब १२ को औसत र १४९ दशमलब ६० को स्ट्राइक रेटमा ३७७ रन बनाएका थिए ।

त्यस्तै श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २० खेलमा ३६ विकेट निकाल्नुको साथै १९६ रन पनि जोडेका थिए । दक्षिण अफ्रिकाका स्पिनर तब्रिज शाम्सीले २२ खेलमा ३६ विकेट हात पार्दा अष्ट्रेलियाका तीब्र गतिका बलर जश हेजलउडले १५ खेलमा २३ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

बंगलादेशका डेथ बलर स्पेसलिस्ट मुस्तफिजुर रहमानले २० खेलमा २८ तथा गत वर्ष युएईमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपमा भारत माथि पाकिस्तानले ऐतिहासिक जित हात पार्दाको नायक अफ्रिदीले गत वर्ष २१ खेलमा २३ विकेट लिएका थिए।       


 

Click to comment

Trending