Headline

भान डर डुसेन र बभुमाको बिशाल साझेदारीपछि भारतले पायो २ सय ९७ रनको लक्ष्य

Published

on

रासी भान डर डुसेनले करिअर बेस्ट स्कोर बनाउनुका साथै शतक बनाएका कप्तान टेम्बा बभुमासँग दोहोरो शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले भारतलाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा २ सय ९७ रनको बिशाल लक्ष्य दिएको छ ।

पार्लमा भइरहेको तीन एकदिवसीय श्रृंखलाको पहिलो खेलमा टस जिती पहिलो ब्याटिँग गरेको दक्षिण अफ्रिकाले बुभमा र भान डर डुसेनको उत्कृष्ट ब्याटिँग प्रदर्शनमा ५० ओभर खेल्दै मात्र चार विकेट गुमाएर २ सय ९६ रन बनायो ।

ओपनर क्वेन्टिन डि ककले २७ रन जोडेपनि पहिलो तीन विकेट ६८ रनमै गुमाएको दक्षिण अफ्रिकालाई बभुमा र भान डर डुसेनले चौथो विकेटका लागि २ सय ४ रनको बिशाल साझेदारी गर्दै बिशाल योगफल तर्फ डोर्याएका थिए ।

करिअरकै सर्वाधिक योगफल बनाउने क्रममा भान डर डुसेनले ९६ बलमा १ सय २९ रन बनाए । उनको इनिङ्गसमा ९ चौका र चार छक्का सामेल थियो । उनको यो कअिरको दोश्रो शतक हो ।

यस्तै बुभमाले पनि करिअरको दोश्रो शतक बनाउने क्रममा १ सय ४३ बलको सामना गर्दै ८ चौकाको मद्दतमा १ सय १० रन बनाए । भारतका लागि जसप्रित बुम्राह्ले सर्वाधिक दुई विकेट लिए ।

Click to comment

Trending