Headline

बिबेक यादव र लोकेश बम पहिलो पटक राष्ट्रिय टोलीमा

Published

on

पछिल्लो केही समय घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिँग प्रदर्शन गर्दै आइरहेका बिबेक यादव र प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रियमा धुवाधार ब्याटिँग गरेका लोकेश बमले पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

दुवै युवा खेलाडी फेब्रुवरीमा हुन गइरहेको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप छनोटका लागि स्थान बनाउन सफल भएका हुन् । तिब्र गतिका बलर सोमपाल कामीले आफ्नो स्थान गुमाउदा शरद भेषावकर, प्रदिप ऐरि र जितेन्द्र मुखियाले भने टिममा पुनरागमन गरेका छन् ।

शरद र प्रदिप दुवैले २०१९ मा सिँगापुरमा भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप एसिया रिजन क्वालिफायर पछि ट्वान्टी ट्वान्टी टिममा खेलेका थिएनन् । जितेन्द्र त्यसअघि देखि नै चोटका कारण टिमबाट बाहिर रहँदै आएका थिए । जितेन्द्र ७ बर्षपछि नेपाली ट्वान्टी ट्वान्टी टोलीमा फर्किएका हुन् ।

उनले पछिल्लो पटक २०१५ को ट्वान्टी ट्वान्टी बिश्वकप छनोटमा खेलेका थिए ।

प्रधानमन्त्री कपमा उच्च लयमा देखिएका प्रदिपले ६ खेलमा दुई अद्र्धशतक सहित २ सय १३ रन बनाउदा उनी सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा दोश्रो नम्बरमा थिए ।

बिबेक पछिल्लो केही समय देखि नयाँ प्रतिभाको रुपमा नेपाली क्रिकेटमा आएका हुन् । पछिल्लो पटक प्रधानमन्त्री कप एकदिवसीय देखि राम्रो प्रदर्शन दिदै आएका उनी त्यसपछि निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् ।

उनले अण्डर १९ एसिया कप, एभरेष्ट प्रिमियर लिग, अण्डर १९ राष्ट्रिय र भर्खरै सम्पन्न प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टीमा पनि लोवर मिडल अर्डरमा राम्रो प्रदर्शन गर्दै आएका थिए । लोकशले ट्वान्टी ट्वान्टी राष्ट्रियमा एपिएफका लागि हार्ड हिटरको रुपमा पहिचान बनाइसकेका छन् ।

क्यानले बिहिबार घोषणा गरेको १६ सदस्यीय टोलीमा कप्तान सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिँह ऐरि, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, करण केसी, अविनाश बोहोरा, शाहब आलम, कुशल मल्ल र कमल सिँह ऐरि रहेका छन् ।

त्यस्तै लामो समय देखि टिममा स्थान बनाउदै आएका बिनोद भण्डारी भने टिमबाट बाहिरिएका छन् । भण्डारीको विकेट किपर ब्याट्स्म्यानको रुपमा स्थान अब सम्भवत आसिफ शेखले लिने छन् । अर्का बायाँ हाते स्पिनर सुशन भारी भने टिमबाट बाहिरिएका छन् ।

नेपाली टोली : – सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी,शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम

 

Click to comment

Trending