Headline

दिपेन्द्रको अलराउण्ड प्रदर्शनलाई पन्छाउदै एपिएपले जित्यो उपाधि

Published

on

दिपेन्द्र सिँह ऐरिको अलराउण्ड प्रदर्शनलाई पाखा लगाउदै नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ ।

पहिलो पटक ट्वान्टी ट्वान्टी संस्करणमा आयोजना भएको प्रतियोगिताको फाइनलमा एपिएफले प्रबल दाबेदार नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्यो । एपिएफको जितले दिपेन्द्रको अलराउण्ड प्रदर्शन भने छाायामा पर्यो ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिँग गरेको एपिएफले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ५५ रनको चुनौतिपूर्ण योगफल बनाँउदा दिपेन्द्रले तीन विकेट लिएका थिए । दिपेन्द्रले अद्र्धशतक प्रहार गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेपनि पुलिसले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ३६ रन मात्र बनाउन सक्यो ।

एपिएफलाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा किशोर महतोले आफ्नो पहिलो दुई ओभरमा पवन शर्राफ (शुन्य) र अमित श्रेष्ठलाई पेभिलियन फर्काएका थिए । अनिल साहलाई अमर सिँह रौटेलाले अनिल साहको विकेट लिएपछि एपिएफले २६ रनमै तीन विकेट गुमाएको थियो ।

दिपेन्द्रले त्यसपछि आरिफ शेख (१२) सँग ३७ र दिलिप नाथ (२३) सँग ५६ रनको पार्टनरसिप गरेका थिए । पुलिसलाई अन्तिम तीन ओभरमा ३९ रनको आवश्यकता रहँदा किशोर र अविनाशले उत्कृष्ट बलिँग प्रदर्शन गरेका थिए । दुई तिब्र गतिका बलरले १८ बलमा मात्र १६ रन खर्चेका थिए ।

दिपेन्द्रले ५४ बलमा ६५ रन बनाउदा तीन चौका र दुई छक्का प्रहार गरे । किशोरले चार ओभरमा मात्र १७ रन खर्चदै तीन विकेट लिए ।

यसअघि अमर सिँह रौटेलाले अन्तिममा केही महत्वपूर्ण इनिङ्गस खेलेपछि एपिएफले फाइनलका लागि जित्न योग्य योगफल खडा गरेको थियो । मँगलवार सेमिफाइनलमा त्रिुभवन आर्मी क्लबलाई २ सय ३० रन प्रहार गरेको एपिएफलाई फाइनलमा भने पुलिसले रोक्न सफल भयो ।

सेमिफाइनलमा आसिफ शेख, लोकेश बम र प्रदिप ऐरिले अद्र्धशतक बनाएपनि पुलिसको स्पिन आक्रमण सामु उनीहरुको खासै चल्न सकेन । प्रतियोगिताकै उच्च लयमा रहेका आसिफ भने दुई चौका प्रहार गरेपछि ९ रनमा तिब्र गतिका बलर गुल्सन झाको पहिलो ओभरमा आउट हुन पुगे ।

स्पिनर सागर ढकालले प्रदिप ऐरिलाई ७ रनमा बोल्ड गरे भने केही आकर्षक सट प्रहार गर्दै आफ्नो नियमित आक्रमक मुडमा देखिएका लोकेश बमलाई दिपेन्द्रले पेभिलियन फर्काए । मँगलवार १४ बलमै अद्र्धशतक प्रहार गरेका लोकेशले १५ बलमा २७ रन बनाउदा तीन छक्का र एक चौका प्रहार गरे । मिडल अर्डरमा शरद भेषावकरले मिडल अर्डर सम्हाल्ने प्रयास गरेपनि उनी १९ रनमै आउट हुन पुगे ।

भुवन कार्की (१७) र अमरले त्यसपछि आठौं विकेटका लागि ४० रनको साझेदारी गर्दै एपिएफलाई चुनौतिपूर्ण योगफल सम्म डोर्याएका थिए । अमरले १५ बलमा २९ रन बनाउदा तीन छक्का र दुई चौका प्रहार गरे ।

शरदले १९ रन बनाए भने सन्दिप जोराले २० बलमा २४ रन जोडेका थिए । उनले दुई चौका र एक छक्का हिर्काए । पुलिसका लागि दिपेन्द्र र सागरले समान तीन–तीन विकेट लिए । गुल्सनले दुई विकेट लिए ।

Click to comment

Trending