Headline

अमरको महत्वपूर्ण योगदानमा एपिएफको चुनौतिपूर्ण योगफल

Published

on

अमर सिँह रौटेलाले अन्तिममा केही महत्वपूर्ण इनिङ्गस खेलेपछि नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लबलाई १ सय ५८ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

मँगलवार सेमिफाइनलमा त्रिुभवन आर्मी क्लबलाई २ सय ३० रन प्रहार गरेको एपिएफलाई फाइनलमा भने पुलिसले रोक्न सफल भयो । एपिएफ १९ दशमलव ५ ओभरमा १ सय ५७ रनमा अल आउट हुन पुग्यो ।

सेमिफाइनलमा आसिफ शेख, लोकेश बम र प्रदिप ऐरिले अद्र्धशतक बनाएपनि पुलिसको स्पिन आक्रमण सामु उनीहरुको खासै चल्न सकेन । प्रतियोगिताकै उच्च लयमा रहेका आसिफ भने दुई चौका प्रहार गरेपछि ९ रनमा गुल्सन झाको पहिलो ओभरमा आउट हुन पुगे ।

स्पिनर सागर ढकालले प्रदिप ऐरिलाई ७ रनमा बोल्ड गरे भने केही आकर्षक सट प्रहार गर्दै आफ्नो नियमित आक्रमक मुडमा देखिएका लोकेश बमलाई दिपेन्द्र सिँहले पेभिलियन फर्काए ।

मँगलवार १४ बलमै अद्र्धशतक प्रहार गरेका लोकेशले १५ बलमा २७ रन बनाउदा तीन छक्का र एक चौका प्रहार गरे । मिडल अर्डरमा शरद भेषावकरले मिडल अर्डर सम्हाल्ने प्रयास गरेपनि उनी १९ रनमै आउट हुन पुगे

भुवन कार्की (१७) र अमरले त्यसपछि आठौं विकेटका लागि ४० रनको साझेदारी गर्दै एपिएफलाई चुनौतिपूर्ण योगफल सम्म डोर्याएका थिए । अमरले १५ बलमा २९ रन बनाउदा तीन छक्का र दुई चौका प्रहार गरे ।

शरदले १९ रन बनाए भने सन्दिप जोराले २० बलमा २४ रन जोडेका थिए । उनले दुई चौका र एक छक्का हिर्काए ।

पुलिसका लागि दिपेन्द्र र सागरले समान तीन–तीन विकेट लिए । गुल्सनले दुई विकेट लिए ।

Click to comment

Trending