Headline

आसिफ प्रधानमन्त्री कपकै उत्कृष्ट खेलाडी

Published

on

नेपाल एपिएफ क्लब तथा राष्ट्रिय टोलीका ओपनर आसिफ शेख प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताभरि उच्च लयमा रहेका आसिफ सर्वाधिक रन जोड्ने खेलाडीहरुको सुचीमा २ सय २७ रन सहित शिर्ष स्थानमा रहे । फाइनलमा मात्रै ९ रनमा आउट भएपछि चुकेका आसिफले दुई अद्र्धशतक प्रहार गर्दा लोभलाग्दो ब्याटिँग गरेका थिए ।

उनले मँगलवार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबबिरुद्ध ४३ बलमा ८४ रनको उत्कृष्ट इनिङ्गस खेलेका थिए । आसिफले ३० हजार प्राप्त गरे ।

राष्ट्रिय टोलीमा आसिफकै ओपनिङ्ग पार्टनर नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेल उत्कृष्ट ब्याट्स्म्यान भए । कुशलले एक अद्र्धशतक सहित चार खेलमा कुल १ सय ८२ रन जोडेका थिए । स्वास्थ्य जटिलताका कारण कुशल सेमिफाइनल र फाइनलमा भने अनुपस्थित रहे ।

लुम्बिनी प्रदेशका बायाँ हाते स्पिनर अनिल खरेल उत्कृष्ट बलर चुनिए । उनले चार खेलमा १० विकेट लिए । उत्कृष्ट बलर र ब्याट्स्म्यानको चुनिदा लिग चरणको प्रदर्शन हेरिएको हो । दुवैले २० हजार प्राप्त गरे ।

फाइनल खेलमा चार ओभरमा १७ रन खर्चदै तीन विकेट लिएका किशोर महतो म्यान अफ द म्याच भए ।

उपाधि बिजेता एपिएफले नगद ५ लाख प्राप्त गर्यो भने पुलिसले तीन लाख हात पार्यो । सेमिफाइनलमा पराजित आर्मी र बागमतीले ५० हजार प्राप्त गरे ।

 

Click to comment

Trending