Headline

उमेर जालसांँजी भएपछि पाकिस्तानमा अण्डर–१३ र अण्डर–१६ प्रतियोगिता रद्द

Published

on

उमेरमा जालसाँजी गरेको आशंका बढेपनि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले हाल जारी अण्डर–१३ र अण्डर–१६ प्रतियोगिताहरु रद्द गरेको छ ।

सम्बन्धित उमेर समुहका प्रतियोगिताहरुमा योग्य खेलाडीहरु मात्र खेल्न पाउन भन्दै पिसिबीले अब तेश्रो चरणको हड्डी परिक्षण गर्ने भएको छ । जनवरी ११ देखि कराची र मुल्तानमा शुरु भएका यी प्रतियोगिताहरु पिसिबी अध्यक्ष रमिज रजाले बनाएको पिसिबी पाथवेज प्रोग्राम अन्तर्गत परेको छ । यसलाई नै पाकिस्तानको ग्रासरुट क्रिकेटको मुख्य आधारको रुपमा मानिएको छ ।

पिसिबीका हाइ परफरमेन्स निर्देशक नदिम खानका अनुसार केही खेलाडीहरु यी उमेर समुहको प्रतियोगिताका लागि अयोग्य रहेका छन् । तेश्रो चरणको परिक्षणपछि ती खेलाडीहरुलाई प्रतियोगिताबाट हटाइनेछ ।

“अण्डर–१३ र अण्डर–१६ प्रतियोगिताहरुमा बढी उमेरका खेलाडीहरु सहभागी रहेको देखिएपछि ती दुई इभेन्ट रद्द गर्दै नयाँ परिक्षण गर्ने निर्णय एकदम उचित छ,” खानले भने । “सिस्टममा रहेको कमजोरीको फाइदा बढी उमेरका खेलाडीहरुलाई उठाउन दिनु हुँदैन । यसले योग्य क्रिकेटर र उनीहरुको परिवारलाई पनि निरुत्साहन गर्छ ।”

प्रतियोगिता शुरु भएदेखि नै बढी उमेर समुहका क्रिकेटरहरु सहभागी रहेको चर्चा चल्दै गर्दा कैयौं संघहरुले अण्डर–१३ प्रतियोगितामा अत्याधिक अयोग्य खेलाडीहरुलाई खेलाएको जानकारी बाहिर आएको थियो ।

कराची सिटी क्रिकेट एशोसिसनमा भएको एक खेलमा एक खेलाडीले ११ छक्का प्रहार गर्दा स्टेडियमनै कटाइदिएका थिए । स्थिति नियन्त्रणबाट बाहिर जाने देखिएपछि पिसिबीले अन्त्यमा प्रतियोगिता नै रज्ञ गर्ने निर्णय गरेको थियो ।

Click to comment

Trending