Headline

अफ्रिका कप अफ नेसन्सः कोमोरोससँग स्तब्ध घाना पहिलो चरणबाटै आउट

Published

on

बिश्व बरियतामा १ सय ३२ औं स्थनमा रहेको कोमोरोससँग स्तब्ध भएपछि बिश्वकप क्वार्टर–फाइनलको अनुभव बोकी सकेको बलियो घाना अफ्रिका कप नेसन्सको पहिलो चरणबाटै बाहिरिएको छ ।

समुह सी अन्तर्गतको खेलमा चार पटकको अफ्रिका कप अफ नेसन्सको बिजेतालाई कोमोरोसले ३–२ ले पराजित गर्यो । खेलको २५ औं मिनेटमै कप्तान आन्द्रे आयुलाई गुमाएपनि घानाले दुई गोलले पछि परेको स्थितिमा पुनरागमन गरेको थियो ।

तर अहमद मोग्नीले खेल सकिनु ५ मिनेट अघि गोल गर्दै कोमोरोसलाई उसको फुटबल इतिसकै सबैभन्दा ठूलो मध्येको एक जित दिलाएका थिए । मोरक्को र ग्याबोनले अर्को खेलमा २–२ गोलको बराबरी खेल्दा समुह बिजेता र उपबिजेताको रुपमा अन्तिम १६ मा स्थान बनाए ।

अफ्रिकाको दक्षिण पूर्वी तटमा रहेको सानो द्विप राष्ट्र कोमोरोस तेश्रो स्थानमा रहेको छ र उसको अन्तिम १६ को भाग्य बिहिबार मात्रै थाहा हुनेछ । प्रतियोगिता शिर्ष स्थानमा समुह चरण टुँग्याउने चार उत्कृष्ट टोली पनि अन्तिम १६ मा प्रवेश गर्ने छन् ।

घानाले खेलमा बराबरी गरेपनि हामी पछाडी हटेनौं । हामीलाइ हाम्रो देशलाई यो ऐतिहासिक जित दिनेमा बिश्वस्थ थियौं, ८ बर्षदेखि कोमोरोसको टोली सम्हालिरहेका प्रशिक्षक अमिर अब्दुले भने ।

सर्बियामा फुटबल खेलिरहेका एल फार्दु बेन मोहमदले गोल गरेपछि पहिलो पटक अफ्रिका कप अफ नेसन्स खेलिरहेको कोमोरोससँग घानाले चौथो मिनेटमै गोल खाएको थियो । २५ औं मिनेटमा घानाले कप्तान आयुलाई रेड कार्डका कारण गुमायो ।

फ्रान्सको तेश्रो श्रेणीको टोली एनेसीका लागि खेलिरहेका मोग्नीले ६१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । रिचमण्ड बोआक्ये र एलेक्जेण्डर डिजिकुले गोल गरेपछि घानाले खेलमा पुनरागमन त गर्यो तर बेन डिजालुडको लो क्रसमा गोल गर्दै मोग्नीले कोमोरोसलाई ऐतिहासिक जित दिलाए ।

Click to comment

Trending