Headline

सन्दिपले फेरि उच्च प्रदर्शन दिदा होबार्ट बिबिएलको प्लेअफमा

Published

on

नेपाली स्टार लेग स्पिनर तथा कप्तान सन्दिप लामिछानेले एक पटक फेरि महत्वपूर्ण समयमा उत्कृष्ट प्रदर्शन गरेको खेलमा होबार्ट हुरिकेन्सले बिग ब्यास लिगको प्लेअफमा स्थान बनाएको छ ।

होबार्टले मँगलवारको रोमाञ्चक खेलमा मेलबर्न रेनेडेड्सलाई ६ रनले पराजित गर्यो । त्यसमा सन्दिपको प्रदर्शन उल्लेखनीय रह्यो ।

पहिलो ब्याटिँग गरेको होबार्टले कप्तान म्याथ्यु वेड र टिम डेभिडको उल्लेखनीय प्रदर्शनमा ५ विकेट गुमाउदै १ सय ८२ रन बनायो । रेनेगेड्सलाई हात ८ विकेट रहँदा नै अन्तिम ३६ बलमा ४९ रन चाहिएको अवस्थामा सन्दिप फर्किए र खेल मोडिने प्रदर्शन गरे ।

१५ औं ओभरमा उनले अद्र्धशतक प्रहार गरेर क्रिजमा खुट्टा जमाएर बसेका सन मार्सको विकेट लिदै मात्र पाँच रन खर्चिए । १८ औं ओभरमा फर्किएका सन्दिपले अर्को राम्रो प्रदर्शन गरे । यसपटक ८ रन खर्चदै सन्दिपले पहिलो पटक बिग ब्यास लिग खेलेका पुर्व भारती अण्डर १९ बिश्वकप बिजेता कप्तान उन्मुक्त चन्दलाई पेभिलियन फर्काए ।

१९ औं ओभरमा टप रोजर्सले तीन रन खर्चदै दुई विकेट लिएपछि रेनेगेड्स दवाबमा आयो । अन्तिम ६ बलमा १५ रन चाहिँदा राइली मेरडिथले ८ रनमात्र दिएपछि होबार्टले ६ रनको रोमाञ्चक जित हात पार्दै प्लेअफमा स्थान सुरक्षित गर्यो ।

पहिलो दुई ओभरमा १५ रन दिएका सन्दिपले चार ओभरमा २७ रन खर्चदै २ विकेट लिए । सन्दिपले बिग ब्यासमा सन्दिपले १३ खेलमा १४ विकेट हात पारिसकेका छन् । होबार्टले बुधबारको खेलमा मेलबर्न स्टार्सको सामना गर्नेछ ।

मँगलवार रेनेगेड्सका लागि कप्तान आरोन फिञ्चले ७५ रन बनाउदै दोश्रो विकेटका लागि मार्ससँग १ सय १ रनको साझेदारी गरेका थिए । फिञ्चले ५२ बलमा ६ चौका र चार चौका प्रहार गरे । यस्तै मार्सले ३८ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए ।

यसअघि ओपनर कालेब जेवेलले ३५ रन बनाउदा वेडसँग दोश्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । डार्स सर्टले मिडल अर्डरमा २२ बलमा ३७ रन जोडे भने होबार्टलाई चुनौतिपूर्ण योगफल डोर्याउन काम डेभिडले गरे ।

सिँगापुर ब्याट्स्म्यान डेभिडले २० बलमै नटआउट ४६ रन बनाएका थिए । उनको इनिङ्गसमा चार छक्का र दुई चौका सामेल थियो ।

Click to comment

Trending