Headline

आसिफ र लोकेशको बिष्फोटक ब्याटिँगमा आर्मी ध्वस्त

Published

on

ओपनर आसिफ शेख र लोकेश बमले बिष्फोटक ब्याटिँग गरेपछि नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबिरुद्ध २ सय ३० रनको बिशाल योगफल खडा गरेको छ ।

एपिएफको ब्याटिँग सामु नीरिह देखिएको आर्मीलाई एपिएफले खेलमा २१ चौका र १६ छक्का प्रहार गरेको थियो । ती मध्ये ९ छक्का लोकेशकै नाममा रह्यो । लोकेशले १४ बलमै अद्र्धशतक पुरा गर्दै प्रतियोगिताकै तिब्र गतिको अद्र्धशतक ठोके ।

पहिलो ब्याटिँग गरेको एपिएफलाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा आसिफले पहिलो विकेटका लागि प्रदिप ऐरिसँग १ सय ५० रनको बिशाल साझेदारी गरेका थिए । जारी पिएम कपमा प्रदिप र आसिफले दोश्रो पटक शतकीय साझेदारी गरेका हुन् ।

आसिफको विकेट पतनपछि लोकेशले एपिएफलाई बिशाल योगफल तिर डोर्याएका थिए । जितेन्द्र मुखियालाई एकै ओभरमा लगातार तीन छक्का प्रहार गरेका लोकेशले १८ बलमा ६६ रन बनाए । उनले दुई चौका पनि प्रहार गरेका थिए ।

नटआउट रहेका प्रदिपले ५३ बलमा ५७ रन बनाउदै ७ चौका र एक छक्का प्रहार गरे । आसिफले ४३ बलमा ८४ रन बनाए । उनको नाममा १० चौका र पाँच छक्का रह्यो ।

सुमित श्रेष्ठको बलमा स्टेडियम नै कटाउदै बिशाल छक्का प्रहार गरेका आसिफ अर्को बलमा अर्को ठूलो शट खेल्ने क्रममा आउट भएका थिए ।

Click to comment

Trending