Headline

पवनको अद्र्धशतक र दिलिपको छरितो इनिङ्गसपछि पुलिसले बागमतीलाई दियो १ सय ५६ को लक्ष्य

Published

on

चोटका कारण दुई प्रमुख खेलाडी गुमाएको नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई १ सय ५६ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

ओपनिङ्ग ब्याट्स्म्यान तथा उच्च फर्ममा रहेका कुशल भुर्तेल र फास्ट बलिँग अलराउण्डर करण केसीलाई गुमाएको पुलिसले पवन शर्राफको अद्र्धशतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५५ रन बनायो ।

दिपेन्द्र सिँह ऐरि सहित पहिलो दुई विकेट २७ रनमा गुमाएको पुलिसलाई पवनले सम्हालेका थिए । उनले तेश्रो विकेटका लागि अनिल कुमार साहसँग ७८ रनको साझेदारी गरेपछि पुलिसले १५ ओभरमा १ सय ५ रन बनाएको थियो ।

पवनले ५४ बलमा तीन छकका र तीन चौकाको मद्दतमा ५९ रन बनाए । अनिलले २४ बलमा २५ रन जोडे । दुवै ब्याट्स्म्यानलाई नन्दन यादवले तीन बलको अन्तरमा पेभिलियन फर्काएका थिए ।

दुई सेट ब्याट्स्म्यानको विकेट पतनपछि दिलिप नाथले छरितो इनिङ्गस खेल्दै १ सय ५० रनको आंकडा कटाएका थिए । दिलिपले १६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३१ रन बनाए । आरिफ शेखले १२ रन जोडेका थिए ।

नन्दन बाहेक रिजन ढकालले पनि बागमतीका लागि दुई विकेट लिए । बागमतीले ओपनिङ्ग ब्याट्स्म्यान सुभाष खुकरेललाई सेमिफाइनलका लागि गुमाइसकेको छ ।

Click to comment

Trending