Headline

डिएगो कोस्टाले खेलेको पाँच महिनामै ब्राजिलियन क्लब छोडे

Published

on

आफ्नो जन्मथलो फर्किएको ब्राजिलियन घरेलु फुटबल बिजेता एट्लेटिको मिनेरोका लागि खेलेको पाँच महिनामै पुर्व स्पेन अन्तर्राष्ट्रिय डिएगो कोस्टाले क्लब छोडेका छन् ।

ब्राजिलमा जन्मिएका कोस्टाले आफ्नो झण्डै पुरै व्यवसायिक करिअर युरोपमा बिताएका कोस्टा अगष्ट २०२१ मा एट्लेटिको गएका थिए । २०१३ मा ब्राजिलको सिनियर टोलीका लागि दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलेका कोस्टाले राष्ट्रियता परिवर्तन गर्दै स्पेनका लागि खेलेका थिए ।

“आज म औपचारिक रुपमा एट्लेटिको छोड्दैछु । पहिलो दिन देखि नै मलाई समर्थकहरुले दिदै आएको माया र सदभाव प्रति म सधै आधारी रहनेछु,” आफ्नो इस्टाग्राम पोस्ट मार्फत कोस्टाले भने ।

बेल होरिजोन्टमा निकै सफलता पुर्व पाँच महिना बिताउने क्रममा कोस्टाले एट्लेटिकोका लागि घरेलु लिग र लिग कपको उपाधि जित्न सफल भए । कोस्टाको सम्झौता यसै बर्षको अन्त्य सम्मका लागि रहेको छ ।

एट्लेटिकोमा आबद्ध हुनु अघि कोस्टाले कहिल्यै पनि आफ्नो जन्म भुमिमा खेलेका थिएनन् । उनी २००६ मा १७ बर्षको उमेरमा पोर्चुगिज टोली ब्रागाका लागि खेलेका थिए ।

“ब्राजिलियन टोलीका लागि फुटबल खेल्ने र ट्रफि जित्ने मेरो सानै देखिको सपना थियो । त्यो पुरा भएको छ,” ब्राजिलियन सिरी आ उपाधि समातेर फोटो राख्दै कोस्टाले इन्स्टाग्राममा लेखेका छन् ।

एट्लेटिकोका लागि १९ खेल खेल्दै पाँच गोल गर्नुका साथै दुई असिस्ट पनि गरेका थिए । क्लबका लागि खेल्दै गर्दा चोटग्रस्त भएका उनलाई ३५ बर्षिय ब्राजिलियन फर्वार्ड हल्कले छायाँमा पारेका थिए ।

ब्राजिलियन मिडियाले कोस्टा साओ पाओलो महारथी कोरिन्थियन्सका लागि खेल्ने अनुमान लगाएको छ । तर कोस्टाले आफै भने अहिले केही घोषणा गरेका छैनन् ।

एट्लेटिको म्याड्रिडका लागि दुई पटक स्पेनिस ला लिगा जितेका कोस्टाले चेल्सीका लागि पनि दुई इंगलिस प्रिमियर लिग उपाधि जितेका थिए । दुई पटक स्पेनका लागि बिश्वकप खेलेका उनी एट्लेटिकोका लागि २०१४ मा च्याम्पियन्स लिग फाइनल खेलेका थिए ।

Click to comment

Trending