Headline

अफ्रिका कप अफ नेसन्स: क्यामरुन कप्तान अबुबाकरको उच्च लय

Published

on

आफ्नो अन्तिम लिग खेलमा केप भर्डेसँग १–१ गोलको बराबरीमा रोक्किएपछि क्यामरुन कप्तान भिन्सेन्ट अबुबाकरले आफ्नो उच्च लय कायम राख्दै अफ्रिका कप अफ नेसन्समा आफ्नो पाचौं गोल गरेका छन् ।

साउदी अरेबियामा व्यवसायिक फुटबल खेलिरहेका अबुबाकरले पहिलो हाफको अन्त्य तिर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ग्यारी रोद्रिगेजले ५३ औं मिनेटमा गोल गरेपछि केप भर्डेले बराबरी गरेको थियो ।

शनिबार ३० बर्षको हुन गइरहेका अबुबाकरले यसअघि पहिलो दुई खेलमा बुर्किना फासो र इथियोपियाबिरुद्ध २–२ गोल गरेका थिए । उनी हाल प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडीहरुको सुचीमा शिर्ष स्थानमा रहेका छन् ।

२००८ मा स्यामुएल इटोपछि अफ्रिका कप अफ नेसन्सका सबै समुह चरणका खेलहरुमा गोल गर्ने अबुबाकर दोश्रो क्यामरुनी फुुटबलर हुन् । घानामा भएको २००८ को संस्करणमा पुर्व बार्सिलोना स्टार इटोले पाँच गोल गरेका थिए ।

अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा सर्वाधिक गोलको किर्तिमान जाएर (हाल प्रजातान्त्रिक गणतान्त्रिक कँगो) मा एनडाये मुलाम्बाको नाममा रहेको छ । इजिप्टमा ४८ बर्ष अघि भएको संस्करणमा मुलाम्बाले ९ गोल गरेका थिए ।

क्यामरुन यसअघि नै अन्तिम १६ का लागि छनोट भइसकेको थियो र अपराजित उसले समुह ए मा शिर्ष स्थानमा टुंग्यायो । बुर्किना फासो मँगलवार नै भएको खेलमा इथियोपियासँग बराबरी खेल्दै चार अंकका साथ उपबिजेताको रुपमा प्रि–क्वार्टरफाइनल प्रवेश गर्यो ।

सिरिले बायालाले बुर्किना फासोलाई अग्रता दिएपछि गेटानेह् केबेडेले इथियोपियाका लागि बराबरी गोल गरेका थिए । मात्र एक अंक रहेको इथियोपिया प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो भने समान चार अंक रहेको केप भर्डे चार उत्कृष्ट तेश्रो स्थान ओगट्ने टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।

बुर्किना फासोले केप भर्डेलाई हेड टु हेड नतिजाका आधारमा पछि पारेको हो । क्यामरुनसँग हारेको बुर्किना फासोले केप भर्डेलाई भने पराजित गरेको थियो ।

Click to comment

Trending