Headline

दर्शनको दुई गोलमा एनआरटीको जित

Published

on

दर्शन गुरुङले दुई गोल गरेपछि न्युरोड टिम (एनआरटी) जावलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको छैटौं स्थानमा उक्लिएको छ ।

सोमबार भएको एक मात्र खेलमा जावलाखेललाई २–० ले पराजित गर्दा दुवै गोल दर्शनले दोश्रो हाफमा गरेका थिए । खेल शुरु हुनु अघि नवौं स्थानमा रहेको एनआरटी जितसँगै तीन स्थानमाथि उक्लिएको हो ।

एनआरटीको ९ खेलबाट १३ अंक भएको छ र शिर्ष तीनबाट मात्र चार अंकको दुरीमा छ । त्रिभुवन आर्मी क्लब १७ अंकका साथ तेश्रो स्थानमा छ भने थ्रि स्टार क्लबको १६ र संकटा क्लबको १४ अंक छ । शिर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबको २३ र मनाङ मस्र्याङ्गदी क्लबको १९ अंक छ ।

जावलाखेल भने रेगिलेसन जोनबाट मात्रै तीन अंकको दुरीमा छ । जावलाखेल ८ अंक सहित १० औं स्थानमा छ । एक खेल कम खेलेका नेपाल पुलिस क्लबको ७ र रेलिगेसन जोनको च्यासल युथ क्लबको ५ अंक छ । फ्रेण्ड्स क्लब तीन अंकका साथ पुछारमा छ । ब्रिगेड बोइज क्लबको ६ अंक छ ।

दशरथ रँगशालामा सोमबार पहिलो हाफमा गोल हुन नसकेपछि एनआरटीले ६८ औं मिनेटमा अग्रता पायो । मेसुके ओलेमाउको पासमा दर्शनले जावलाखेलका गोलकिपर टेकेन्द्र थापालाई बिट गर्दै सहज जित गरेका थिए ।

दर्शनको दोश्रो गोलमा अर्का अफ्रिकी खेलाडी स्टेफन समिरको असिस्ट रहेको थियो ।

Click to comment

Trending