Headline

अफ्रिका कप अफ नेसन्सः डिफेन्डिङ्ग च्याम्पियन अल्जेरिया इक्वेटोरियल गिनीको शिकार

Published

on

फिफा बरियतामा १ सय १४ स्थानमा रहेको इक्वेटोरियल गिनीसँग स्तब्ध बनेपछि डिफेन्डिँग च्याम्पियन अल्जेरिया अफ्रिका कप अफ नेसन्सको पहिलो चरणबाटै बाहिरिने खतरामा परेको छ ।

इक्वेटोरियल गिनीले अल्जेरियाको ३५ अन्तर्राष्ट्रिय खेलको अपराजित यात्रामा पूर्णबिराम पनि लगाएको हो । यो हारले इटालीले भर्खरै बनाएको ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहेको किर्तिमान तोड्ने आशामा पूर्णविराम पनि लगाएको छ ।

अल्जेरियाले अक्टोबर २०१८ यता पहिलो खेल हारेको हो । समुह इ कै अर्को खेलमा गोलकिपरको गल्तिको कारण आइभोरी कोस्ट सिएरा लियोनलाई पराजित गर्न असफल रह्यो ।

अंक तालिकामा आइभोरी कोस्ट चार अंक सहित शिर्ष स्थानमा रहेको छ भने इक्वेटोरियल गिनीको तीन अंक छ । सिएरा लियोनको दुई र अल्जेरिय एक अंकका साथ पुछारमा रहेको छ । नकआउट चरणमा प्रवेश गर्नका लागि अल्जेरियाले अब अन्तिम लिग खेलमा आइभोरी कोस्टलाई हराउनै पर्नेछ ।

स्पेनमा जन्मिएका इक्वेटोरियल गिनीका धेरै मध्येका एक इस्तेबान ओबियाँगले ७० औं मिनेटमा गोल गरेपछि अल्जेरियाको हार तय भएको थियो । सिएरा लियोनसँग गोलरहित बराबरीमा रोक्किएको अल्जेरियाले आइभोरी कोस्टलाई हराउन नसक्ने हो भने ६ कप अफ नेसन्स संस्करणमा पाचौं पटक पहिलो चरणबाटै बाहिरिनेछ ।

एक मात्र अपवादका दौरान अल्जेरियाले २०१९ मा उपाधि नै जितेर देखाएको थियो । इक्वेटोरियल गिनी भने मात्र तेश्रो पटक दोश्रो चरणमा प्रवेश गर्ने संघारमा रहेको छ । जापोमा स्टेडियममा गोलकिपर बाद्रा अली सानगारेले अन्तिम समयमा गल्ति गरेपछि आइभोरी कोस्ट सिएरा लियोनसँग २–२ गोलको बराबरीमा रोक्किएको थियो ।

२–१ को अग्रता रहेको स्थितिमा इन्जुरी समयको तेश्रो मिनेटमा कर्नर हुन नदिन आफ्नो डिफेन्डरको हेडबाट आएको ब्याकपासलाई समात्न पुगेका सानगारेले स्टेभन कल्करलाई निकाल्न पुग्दा उनको पासमा सब्स्टिच्युट अल्हाजी कमाराले बराबरी गोल गरेका थिए ।

अर्को खेलमा वाह्बी खज्रीले दुई गोल गरेपछि ट्युनिसिया मउरिटानियामाथि ४–० को फराकिलो जित हात पार्दै समुह एफमा पहिलो जित हात पार्न सफल भयो । माली र पहिलो पटक अफ्रिका कप अफ नेसन्स खेलिरहेको गाम्बियाले भने १–१ गोलको बराबरी खेले ।

Click to comment

Trending