Headline

१९ खेलाडीमा कोरोना देखिएपछि च्यासल र पुलिसबीचको खेल स्थगित

Published

on

युथ क्लबका लगभग सबै खेलाडीलाई कोरोना भएपछि शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार साँझ हुने भनिएको नेपाल पुलिस क्लबबिरुद्धको खेल स्थगित भएको छ ।

च्यासलका १९ खेलाडीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । एन्फाले १४ खेलाडीसम्म उपस्थित हुन सक्ने अवस्थामा खेल खेलाउने बताएको थियो । तर २८ खेलाडी मात्र दर्ता गरेको च्यासलका लागि शुरुवाती ११ को लागि पनि खेलाडी नपुग्ने भएको छ ।

लिग अन्तर्गत दुवै टोली अंक तालिकामा संकटबाट गुज्रिरहेका छन् । पाँच पटकको बिजेता पुलिस ७ अंक सहित ११ औं स्थानमा छ भने रेलिगेसन जोनमा रहेको च्यासलको ५ अंक छ । दुवै टोली लिगको नवौं चरणको खेल खेल्न गइरहेका थिए ।

एन्फाले यो खेलका लागि अब नयाँ मिति तय गर्नेछ ।

Click to comment

Trending