Headline

लेवान्डोस्कीलाई लगातार दोश्रो बर्ष फिफा बेष्ट अवार्ड

Published

on

बायर्न म्युनिख तथा पोल्याण्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लगातार दोश्रो बर्ष फिफाको बेस्ट प्लेयर अफ द इयर अवार्ड जितेका छन् । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फर्वार्ड क्रिष्चियानो रोनाल्डोले भने बिशेष पुरस्कार हात पारे ।

६९ गोल गरेका ३३ बर्षिय लेवान्डोस्कीले ६९ गोल गर्दा लगातार दोश्रो बर्ष यो उपाधि हात पारेका हुन् । यसो गर्दा उनले रोनाल्डोले लगाता दुई बर्ष पुरस्कार जित्ने किर्तिमानको बराबरी पनि गरे ।

रोनाल्डोले यस क्रममा लिभरपुल तथा इजिप्ट स्टार मोहम्मद सलाह र पेरिस सेन्ट जर्माइन तथा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई पछि पारे ।

बार्सिलानाकी एलेक्सिया पुटेयासले महिला तर्फको पुरस्कार हात पारिन् ।

लेवान्डोस्कीले ३४ खेलमा ४३ गोल गर्दै बुन्डेसलिगामा एक क्यालेण्डर बर्षमा सबैभन्दा बढी गोल गर्ने गर्ड मुलरको ४९ बर्षदेखिको किर्तिमानलाई तोडेका थिए । चेल्सीलाई दोश्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका व्यवस्थापक थोमस टुचेलले उत्कृष्ट प्रशिक्षकको पुरस्कार जिते ।

एरिक लमेला टोटेन्ह्याम हट्स्परका लागि खेल्दा मार्चको नर्थ लण्डन डर्बीमा आर्सनल बिरुद्ध गरेको रबोना गोलले फिफा पुस्कास अवार्ड पायो । यो पुरस्कार बर्षको उत्कृष्ट गोललाई दिइने गरेको छ । लमेला हाल स्पेनिस क्लब सेभियाबाट खेलिरहेका छन् ।

चेल्सीमा आफ्नो पहिलो सिजन सफलतापुर्वका पुरा गर्दा एडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर भए । च्याम्पियन्स लिग उपाधि जितेका मेन्डीले म्यानचेस्टर सिटीबिरुद्धको फाइनलमा क्लिन सिट राख्दा चेल्सी १–० ले बिजयी भएको थियो ।

युरो कपमा फिनल्याण्डबिरुद्धको खेलका दौरान क्रिष्चियन एरिक्सन मैदानमै ढलेको केही समयपछि खेल्नका लागि तैयार भएको डेनिस टोलीले फेयर प्ले अवार्ड प्राप्त गर्यो ।

चेल्सीको लागि निकै सफल रातमा तीन घरेलु उपाधि जिताउन सफल एम्मा हेयेस बेस्ट महिला प्रशिक्षक घोषित भइन ।

 

Click to comment

Trending