Headline

एमबाप्पेको गोलले पिएसजीलाई दोहोरो अंकको अग्रता

Published

on

फ्रेञ्च स्टार किलियन एमबाप्पेले शुरुवाती गोल गर्दै बे्रस्टबिरुद्ध २–० को जितको आधार खडा गरेपछि पेरिस सेन्ट जर्माइन (पिएसजी) ले लिग वानमा पुन दोहोरो अंकको अग्रता बनाएको छ ।

गत सिजन लिललाई फ्रान्सको शिर्ष श्रेणीको उपाधि सुम्पेको पिएसजीले पछिल्लो पाँच मध्ये चार खेलमा बराबरी गर्दा दोश्रो स्थानको निस ८ अंकको दुरीमा आइसकेको थियो । निसले शुक्रबार नान्टेसलाई २–१ ले हराएको थियो ।

कोरोना संक्रमणबाट रिकभर हुँदै गरेका अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सी र चोटग्रस्त नेमारको अनुपस्थितिमा खेले पनि पिएसजीलाई ब्रेस्टले कुनै पनि समय खेलमा चुनौति दिन असफल रह्यो । पहिलो हाफमा नवौं मिनेटमा गोलकिपर जियानलुईजी डोनारुमाले अर्भिन कार्डोनाको प्रहारमा उत्कृष्ट बचाउन गर्नु परे पनि त्यसपछि भने पिएसजीले खेलमा पूर्ण नियन्त्रण लिएको थियो ।

३२ औं मिनेटमा एमबाप्पेले पछिल्लो ६ खेलमा १० औं गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जर्जिन्हो वाइनाल्डमको पास कलेक्ट गर्दै एमबाप्पेले बक्स भित्रबाट सिजनको १९ औं गोल गरे ।

पहिलो हाफ अगाडी माउरो इकार्डीको गोलले मान्यता पाएन भने दोश्रो हाफको शुरुवातमा उनले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए । ५३ औं मिनेटमा नुनो मेन्डेसको चतुर्याइपूर्ण पासमा जर्मन डिफेन्डर थिलो केह्रेरले लगातार दोश्रो खेलमा दोश्रो गोल गर्दै पिएसजीको जित सुनिश्चित गरेका थिए ।

पिएसजीलाई थप गोल गर्ने अवसर रहेपनि ब्रेस्ट गोलकिपर मार्को बिजोटले निरन्तर उत्कृष्ट बचाउहरु गरेका थिए । खेलको अन्त्यतिर पुर्व रियल म्याड्रिड डिफेन्डर सर्जियो रामोसले पहिलो पटक घरेलु मैदानमा डेब्यु गर्ने अवसर पाएका थिए ।

Click to comment

Trending