Headline

अफ्रिका कप अफ नेसन्सः सलाह स्कोरसिटमा फर्किए, नाइजेरिया अन्तिम १६ मा

Published

on

मोहम्मद सलाहले जारी अफ्रिका कप अफ नेसन्समा गोल गर्दै इजिप्टलाई गिनी बिसौबिरुद्ध जित दिलाउदा नाइजेरिया एक खेल अगाडी नै अन्टिम १६ मा प्रवेश गरेको छ ।

पहिलो खेलमा एक्लिएका सलाहले शनिबारको खेलमा ६९ औं मिनेटमा गोल गर्दै किर्तिमानी ७ पटकको बिजेताले क्यामरुनमा आफ्नो अभियानलाई जिवितै राख्न सफल रह्यो । इजिप्ट पहिलो खेलमा नाइजेरियासँग १–० ले पराजित भएको थियो ।

८२ औं मिनेटमा मामा बाल्डेको सशक्त दर्शनीय गोललाई भिडियो असिस्टेन्टर रेफ्रिले मान्यता नदिएपछि गिनी बिसौ स्तब्ध बनेको थियो । तीनवटा प्रहार क्रसबारमा लागेर फर्किएको इजिप्टलाई अब सुडानबिरुद्ध हुने अन्तिम खेलमा बुधबार बराबरी मात्रै गरेपनि नकआउट चरणमा प्रवेश गर्न पर्याप्त हुनेछ ।

“यो खेल निकै गाह्रो थियो र हामी केही हदसम्म भाग्यमानी पनि रह्यौं । हामी अर्को खेल जित्दै प्रतियोगितामा सकेसम्म उच्च स्थान हासिल गर्ने प्रयासमा रहनेछौं,” सलाहले भने ।

इजिप्टका लागि पछिल्लो ६ खेलमा गोल गर्न असफल सलाहले खेल शुरु भएको ८४ सेकेण्डमै पोस्टमा प्रहार गरेका थिए । पहिलो हाफको अन्त्यतिर मोस्तर्फा मोहम्मदको प्रहार पनि त्यही लागेको थियो ।

अमिर एल सोलियाको पास ब्याक पोस्टमा भेट्टाएका सलाहले फस्र्ट टाइम फिनिस गर्दै इजिप्टलाई जित दिलाएका थिए ।

यसअघिको खेलमा अफ्रिकी महारथी नाइजेरिया भने सुडानमाथि ३–१ को सहज जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलका लागि कुनै परिवर्तन नगरेको नाइजेरियाले स्यामुएल चुकवेजेको तेश्रो मिनेटको गोल मार्फत अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यतिर टाइवो एवोनियीले नाइजेरियाको लागि दोश्रो गोल गरे ।

माजेज सिमोनले दोश्रो हाफको शुरुवातमै गोल गर्दा नाइजेरियाले खेल पूर्ण रुपमा आफ्नो पक्षमा पारेको थियो । सुडानका लागि वालिल्दिन खेदीले ७० औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएका थिए । तर बलियो नाइजेरियाबिरुद्ध त्यसपछि सुडानको केही चलेन ।

Click to comment

Trending