Headline

चेल्सीलाई हराउदै सिटीले प्रिमियर लिगमा लियो १३ अंकको फराकिलो अग्रता

Published

on

चेल्सीमाथि सांघुरो जित हात पार्दै म्यानचेस्टर सिटीले इंगलिस प्रिमियर लिगमा यो सिजन सम्भवत उपाधिका लागि निर्णायक कदम चालेको छ ।

इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १–० ले पराजित गर्यो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि केभिन डि ब्रुनले ७० औं मिनेटमा गोल गर्दै सिटीलाई निकै महत्वपूर्ण जित दिलाए ।
डि ब्रुनले आफ्नो पुर्व क्लब चेल्सीबिरुद्ध गरेको यो पाचौ गोल हो ।

जितसँगै सिटीले दोश्रो स्थानमा रहेको चेल्सीसँगको १३ अंकको अग्रता लिएको छ । २२ चरणको खेलपछि सिटीको ५६ र चेल्सीको ४३ अंक छ । दुई खेल कम खेलेको लिभरपुलको ४२ अंक छ ।

आफ्ना दुई महत्वपूर्ण खेलाडी मोहम्मद सलाह र सादियो माने अफ्रिका कप अफ नेसन्समा संलग्न रहेका कारण लिगका दुई खेल गुमाउने भएकाले लिभरपुललाई सिटीसँग दुरी कम गर्न भने निकै कसरत गर्नु पर्ने देखिन्छ ।

शनिबारको पहिलो खेलमा क्रिष्टल प्यालेसले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्यो । प्यालेस ११ औं स्थानमा छ भने ब्राइटन आठौं स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेड ३१ अंकका साथ सातौं स्थानमा छ ।

Click to comment

Trending