Headline

बिश्व नम्बर एक प्रिन्स बने योनेक्सका ब्राण्ड एम्बेसेडर

Published

on

बिश्व जुनियर ब्याडमिन्टनमा शिर्ष स्थानमा उक्लिएका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।

योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासले प्रिन्सलाई शनिबार एक बर्षको लागि कम्पनीको ब्रान्ड एम्बेसेडरको रुपमा नियुक्त गरेको हो । इनासका प्रोपराईटर राजु बास्तोलाले प्रिन्सलाई एक कार्यक्रमका बीच नगद २ लाखले सम्मान गर्दै योनेक्सका एम्बेसेडर घोषणा गरेका हुन् ।

प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक बर्षसम्म आवश्यक योनेक्सका सम्पूर्ण सामाग्री प्राप्त गर्ने र प्रयोग गर्ने छन् भने हाललाई एशियाली देशहरुमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च ब्यहोर्ने बास्तोलाले जानकारी गराए ।

हालै बिश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको बरियता क्रममा जुनियर तर्फ प्रिन्स बिश्व नम्बर एक बनेका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक्स अन्तर्गतको कुनै पनि खेलकुद बिधामा शिर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली हुन् ।

Click to comment

Trending