Headline

प्रतिसको अर्को आक्रमक ब्याटिङ्गपछि बागमतीले गण्डकीलाई दियो १ सय ४४ रनको लक्ष्य

Published

on

प्रधानमन्त्री कप ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफूले जित्नै पर्ने खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १ सय ४४ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

प्रतिस जिसीले एक पटक फेरि छरितो इनिङ्गस खेलेपछि बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनायो । शुक्रबार प्रदेश २ बिरुद्धको रोमाञ्चक जितमा पनि ७ बलमा नटआउट २८ रन बनाएका प्रतिसले शनिबार ८ बलमा २८ रन जोडेपछि बागमति १ सय ५० रन नजिक पुगेको थियो ।

प्रतिसले तीन छक्का र दुई चौका प्रहार गरेका थिए । बागमतीका लागि बिपिन आचार्यले १९ बलमा तीन चौकाको मद्दतमा सर्वाधिक ३० रन बनाए भने ओपनर सुभाष खकुरेलले ३० बलमा २७ रन जोडेका थिए । उनको इनिङ्गसमा दुई चौका र एक छक्का सामेल थियो ।

प्रतिस आउट भएपछि बागमतीले अन्तिम ओभरमा मात्र दुई रन जोडेको थियो । दुवै रन बाइमा आएपछि अशोक श्रेष्ठले फालेको अन्तिम ओभरमा मेडन रहन पुग्यो ।

बागमतीको नाममा दुई जित रहेको छ भने शनिबार गण्डकीलाई हराउने हो भने उ समुह उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । शुरुवाती दुवै खेल हारेको गण्डकी प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ ।

Click to comment

Trending